News Portal

  • महिला भलिबलमा नेपाल पुलिस र प्रदेश नम्बर ३ समूह विजेता बन्दै क्वाटरफाइनलमा

    हिमाली संचार संवाददाता
    ३९४ पटक

    पोखरा : विभागीय टोली नेपाल पुलिस र प्रदेश नम्बर ३ दोस्रो सभामुख कप राष्ट्रिय भलिबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। दुई टोली मात्र रहेको दुई फरक समूहमा जित हात पार्दै यी दुई टोलीले अन्तिम आठमा स्थान बनाएका हुन्। यस्तै अर्को विभागीय क्लब एपीएफले पनि विजयी सुरुवात गरेको छ।

    पोखरा रंगशालास्थित भलिबल कोर्टमा आजबाट सुरु प्रतियोगिताको समूह समूह डी अन्तर्गत पुलिसले गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गरेको हो। पुलिसले गण्डकीलाई २५-१९, २५-२०, २५-२७ ले पराजित गरेको हो। पराजित गण्डकी प्रदेश पनि समूह उपविजेता हुँदै अन्तिम आठमा पुगेको छ।

    यस्तै समूह सी अन्तर्गत खेलमा प्रदेश नम्बर ३ ले विभागीय टोली नेपाल आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। प्रदेश ३ ले आर्मीलाई २५-१०, १२-१५, २५-२०, २५-१४ ले पराजित गरेको हो।

    हारका बावजुत पनि आर्मी समूहको उपविजेता बन्दै अन्तिम आठमा पुगेको छ। मंगलवारै भएको समूह ए को खेलमा एपीएफले प्रदेश नम्बर १ लाई २५-३, २५-८, २५-३ को सेटमा हरायो। यस्तै समूह बी को खेलमा प्रदेश नम्बर ५ ले प्रदेश नम्बर २ लाई २५-१०, २५-१४, २५-८ ले पराजित गरेको छ।

    माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ। चार समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा प्रत्येक समूहबाट दुई टोली क्वाटरफाइनल पुग्नेछन्।

    प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै दोस्रोले १ लाख ७० हजार, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैयाँ हात पार्नेछन्। यसैगरी उत्कृष्ट खेलाडीले नगद १० हजार विधागत उत्कृष्टले ५-५ हजार पाउनेछन्।

    तस्वीर : पहिलोपोस्ट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...

    तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

    जनकपुरधाम, कात्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै आगामी...