News Portal

रानीपोखरीमा फुटबल खेलेर प्रधानमन्त्रीमाथि विद्यार्थीको ब्यंग्य !

हिमाली संचार संवाददाता
७२५ पटक

चन्द्र आले
काठमाडौं : प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंको रानीपोखरीमा फुटबल खेलेका छन् । मंगलबार काठमाडौंको शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले रानीपोखरीमा डेढ घण्टासम्म फुटबल खेलेका हुन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रगति विवरणमा रानीपोखरीलाई फुटबल मैदान बनाएको विषय छुटेको भन्दै ब्यंग्यसमेत गरे ।

देशको विकास निर्माणको अवस्था के छ भन्ने उदाहरण रानीपोखरीले देखाउने भएकाले सरकारलाई रचनात्मक तरिकाले ब्यंग्य गरिएको नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले जानकारी दिए ।

‘विरोधको शैलीलाई सिर्जनात्मक र रचनात्मक बनाउने प्रयासस्वरुप हामीले रानीपोखरीमा फुटबल खेलेका हौं’ उनले भने ‘काठमाडौंको केन्द्र रानीपोखरी पुननिर्माणको अवस्था छ यस्तो छ भने अरु ठाउँको के होला भनेर सराकरलाई सचेत गराउन खोजेका हौं ।

रानीपोखरी पुननिर्माणका लागि त्यहाँको पानी सुकाए पनि हाल पुनर्निर्माणको काम भएको छैन, त्यहाँ चउर र झाडी बनेको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...