News Portal

नेपाललाई युएईसँग ‘वान डे’ खेल्ने मौका

हिमाली संचार संवाददाता
५५६ पटक

काठमाडौं -नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग एकदिवसिय (वान डे) क्रिकेट खेल्ने भएको छ । नेपालले जनवरीमा पाँच वटा एकदिवसिय खेल खेल्ने पक्का भएको नेपाली टोलीका प्राविधिक रमन सिवाकोटीले जनाएका छन् । उक्त खेल युएईमै हुनेछ ।

पाँचमध्ये नेपालले कतिवटा ५० ओभर र कतिवटा टी—२० खेल्ने भन्ने निक्र्योल एक साताभित्र तय हुने बताईएको छ । नेपाल क्रिकेट संघ (क्यान) विश्व क्रिकेट काउन्सिल (आइसीसी) को प्रतिबन्धमा रहेका कारण युएईसँग नेपालको एकदिवसिय खेलको चाँजोपाँचो आइसीसीले नै मिलाएको हो । युएईसँग एकदिवसिय क्रिकेट खेल्नका लागि आइसीसीसँग नेपालका खेलाडी र प्रशिक्षकले पनि आग्रह गरेका थिए ।

नेपालले एक बर्षअघि जिम्बावेमा भएको एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर चार वर्षको लागि वान डे मान्यता पाएको थियो । त्यसपछि नेपाली टोलीले गत अगस्ट महिनामा नेदरल्यान्ड्ससँग दुईवटा वान डे खेल खेलेको थियो ।

उक्त श्रृंखला १–१ को बराबरीमा सकिएको थियो । नेपालले युएईसँग एसिया कप छनोटमा यसअघि पनि एउटा वान डे खेलेको थियो ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...