News Portal

मुई थाई च्याम्पियनशीपमा नेपाली खेलाडी धमलाले जिते स्वर्ण

हिमाली संचार संवाददाता
६४३ पटक

कर्ण अधिकारी/मकाउ : चीनको स्वशाशीत क्षेत्र हंगकंगमा सम्पन्न भएको मुई थाई च्याम्पियनशीपमा नेपाली खेलाडी शंकर धमलाले गोल्ड मेडल(स्वर्ण पदक)जीतेका छन्।

६७ के जी समुहमा प्रतिद्वन्दी हंगकंगका लिनका किटलाई ३ नै सेटमा प्रारस्त गरी स्वर्ण पदक जित्न सफल भएका हुन्।धमला बैदेशीक रोजगारीको शीलशीलामा मकाउमा कार्यरत छन्।

स्थायी घर धादीङ भएका धमला प्रवासमा रहेर पनि खेललाई आत्मसात गर्दै कडा मेहनत र परीश्रम गरी आजको यो स्वर्णीम दिनमा बिजय हासिल गर्दा आफुलाई एकदमै गौरवबान्बित ठानेको छन्। नेपाली झण्डा फहराउदै मेडल लगाउदा आफुलाई अझै साहस बढेको कुरा ब्यक्त गर्दछन्।

आफुले मेडल जित्दा आफु कार्यरत रहेको कम्पनिका भाईस प्रेसिडेन्ट, डाईरेक्टर, म्यानेजर, सहकर्मी सुपरभाईजहरू, सेक्युरिटी अफिसरहरू देखि लिएर स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण शुभ चिन्तक नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई स्मरण गरेका छन्।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...