News Portal

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले बर्नेलीलाई १–० गोल अन्तरले पराजित

हिमाली संचार संवाददाता
६३५ पटक

१ पुस, काठमाडौं : टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित हात पारेको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले बर्नेलीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामका लागि क्रिस्टियन एरिक्सन नायक सावित भए । उनकै गोलमा टोटनह्यामले जित हात पारेको हो ।

टोटनह्यामले जित हात पार्नका लागि अन्तिम समयमा मात्रै गोल गरेको थियो । पहिलो हाफमा बराबरी खेलेको टोटनह्यामले खेलको अतिक्ति समयमा एरिक्सनले गोल गरेका थिए ।

जितसँगै तेस्रो स्थानमा रहेको टोटेनहमले १७ खेलबाट ३९ अंक जोडेको छ । पराजित बर्नेलीको भने १७ अंक रहेको छ ।

शनिबार राति नै भएका अन्य खेलमा न्युक्यासलले हडर्सफिल्डलाई १–० गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, क्रिष्टल प्लालेसले लेष्टर सिटीलाई १–० गोलअन्तरले पराजित गर्दा वुल्भ्सले बर्नेमाउथलाई २–० ले र वाटफोर्डले कार्डिफ सिटीलाई ३–२ गोल अन्तरले हराएका छन् ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...