News Portal

  • युरोपमा नेपाली नागरिकले आफ्नो हैसिय फेर्दै, व्यवसायतर्फ सफलता प्राप्त गर्दै

    युरोपमा नेपालीको सफलता
    १५९ पटक

    मंसिर-२९ शुक्रबार/काठमाडौ – मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाई खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा थिएन ।

    उनले स्मरण गर्छन्, “कतै काम नपाएपछि मैले सडकमा फालिएका बियरका बोतल टिपेर बेचेर पनि खाएँ । तर, अहिले आफैँ अरूलाई काम दिन्छु ।” पाण्डेले लामो समय संघर्ष गरेर सन् २०१७ मा पोल्यान्डमा आफ्नै व्यवसाय सुरु गरे। उनले वार्सामा थालेका ‘नेपाली बजार’ को विस्तार अहिले अन्य मुलुकमा पनि गरेका छन् । 

    उनले नेपाली बजार नामक व्यवसायमा नेपाली खानाका परिकार गुन्द्रुक, तामा, थरीथरीका अचार, नेपाली खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, पूजासामग्रीलगायतको व्यापार राम्रै चलिरहेको छ । यी सामान जर्मनी, इटालीलगायतका देशमा पनि निर्यात हुने गरेको उनको बताए। 

    अध्ययन गर्नेकै लागि बेल्जियममा पुगेका म्याग्दीका जयप्रकाश भुसालको आफ्नै नेपाली होटल छ । अरूको काम गर्दा कहिले काम हुने, कहिले नहुने हुन्थ्यो तर निरन्तरको संधर्षको सम्पूर्ण परिवारै बेल्जियममा बसेर व्यवसाय सञ्चालन गर्न सफल भएका छन्। उनको होटलमा नेपाली खानासँगै चाइजिन, कन्टिनेन्टलका लागि विदेशीको आउजाउ राम्रै भईरहेको बताउछन्। 

    त्यस्तै, धनगढीका सोमबहादुर थनेतलाई २० वर्षअघि ब्रसेल्स पुग्दा खान र बस्न धौ धौ थियो । उनी नेपालमा पर्यटक गाइड भए पनि त्यहाँ त्यो सिपले काम नपाएपछि उनले ट्याक्सी पनी चलाए । उनी  सम्झिन्छन्, “त्यसको अनुमति लिनै कष्ट भयो, स्थायी कार्ड पाएपछि चलाउन पाएँ ।” अहिले उनको मात्र होइन णनके छोरी, छोरा उतै पढेर काममा व्यस्त छन् । छोराको जापानी खाना सुसीको रेस्टुरेन्ट छ । 

    दाङका आशिष मगरको बेल्जियमको वेस्टान्डे शहरको समुद्री किनारमा कोसेली घर छ । पारिपट्टि बेलायत वारि बेल्जियम रहेको सो समुद्री किनार हरेक दिनजसो नै पर्यटकले भरिभराउ रहन्छ । नेपाली भने पर्यटकका रूपमा कहिलेकाहीँ मात्र देखिने गरेको उनी बताउ छन्। आयरल्यान्डका नवराज कोइराला त्यहाँको व्यावसायिक संस्थाको नेतृत्व लिने हैसियतमा पुगेका छन्। लग्जम्बर्गका बालकृष्ण सापकोटा पनि व्यावसायिक पथमा अग्रसर रहेका छन्। 

    युरोपमा आफैँ व्यवसाय चलाउने केही प्रतिनिधि मात्र हुन् । पछिल्लो समय युरोपेली मुलुकमा नेपाली नागरिकको हैसियत फेरिँदै छ । पहिले काम गर्न समस्या पर्ने युरोपेली देशमा अहिले धेरै नेपाली उद्यमी, व्यवसायी र राम्रो ओहदामा कार्यरत छन् ।

    बेल्जियमका लागि नेपालका राजदूत गेहेन्द्र राजभण्डारीका अनुसार युरोपमा पछिल्लो समय नेपालीको साख बढ्दै गएको छ । बेल्जियमलगायतका देशमा अचेल नेपाली नागरिक कामदारबाट मालिक बन्ने लयमा अग्रसर छन् । त्यो देशकै लागि पनि राम्रो भएको उनको बुझाई रहेको छ। 

    उनका अनुसार बेल्जियममा मात्र १० हजार नेपाली नागरिक छन् । तीमध्ये धेरै विद्यार्थी छन् । व्यावसायिक सफलता प्राप्त गरेका सात सय जना छन् । जसले त्यहाँ आफ्नै होटल व्यवसाय सञ्चालन गरिरहेका छन्। विदेशी नागरिकलाई पनि रोजगारी दिदैं छन्। उनी भन्छन्, “अवसर बढ्दै छ । राम्रो पढेलेखेका नयाँ पुस्ताले युरोपका उच्च पदमा पनि आफ्नो दाबेदारी प्रस्तुत गर्न थालिसकेका छन् । तथापि युरोपका कडा नियम कानुनमा नेपाली बस्न नसक्दा चुनौती पनि उस्तै  जटिल्टा छ ।” 

    गैरआवासीय नेपाली संघका महासचिव सोम सापकोटा युरोप वैदेशिक रोजगारीका लागि राम्रो हब बन्न थालेको बताउछन्। युरोपमा पहिले अमेरिकी र युरोपेलीलाई मात्र राम्रो कामको अवसर हुन्थ्यो । एसियाली मुलुकका अझ नेपाल जस्तो सानो र गरिब मुलुकका पढेलेखेकै भए पनि भाँडा माझ्ने काम पनि दिइँदैन थियो । 

    उनी भन्छन्, “युरोप अहिले समृद्धिको यात्रामा भएकाले पनि होला सबैलाई समान देख्न थालेको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरू उपेन्द्र महतो, जीवा लामिछाने, शेष घलेलगायतका नेपालीले युरोपका विभिन्न मुलुकका व्यापार व्यवसायमा ठुलो लगानी र सफलता प्राप्त गरेका छन् ।” 

    युरोप जाने दोब्बर हुँदै: वैदेशिक रोजगार विभागको तथ्य हेर्ने हो भने पनि युरोपतिर नेपाली नागरिकको आकर्षण र पहुँच दुवै बढ्दै छ । गत आर्थिक वर्षमा मात्र पोल्यान्ड जान चार हजार ९१६ जनाले श्रम स्वीकृति लिएका थिए । त्यहाँ करिब १० हजार नेपाली रहेको अनुमान छ । 

    त्यस्तै गत आर्थिक वर्ष साइप्रस जान चार हजार २२५, ओमान जान दुई हजार ७१६, बहराइन जान तीन हजार ६६२, माल्टा जान पाँच हजार ६०३, रोमानिया जान १३ हजार १३७, क्रोएसिया जान सात हजार १८७ जनाले श्रम स्वीकृति लिएका थिए।  

    वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीका अनुसार यो आँकडा यस वर्ष दोब्बरभन्दा बढी हुने सम्भावना छ । गत वर्ष युरोपमा ५० हजार जना वैदेशिक रोजगारीका लागि गएको रेकर्ड छ । यो वर्ष पाँच महिना नबित्दै २५ हजार जना नाघिसक्यो । नियमनमा कठिनाई युरोपमा नेपाली दूतावास कम हुँदा नियमनमा भने कठिनाइ हुने गरेको छ । एउटा कार्यालयले दूतावासले चारदेखि पाँचवटा मुलुक हेर्नुपर्दा समस्या आउने गरेको छ । 

    नेपाल सरकारले नेपालीको संख्या ह्वात्तै बढेर ६० हजार पुगेको पोर्चुगलमा दूतावास राख्ने तयारी गरेको छ । अझै रोमानिया, क्रोएसिया, पोल्यान्डमा पनि दूतावाससँगै श्रम सहचारी राख्नैपर्ने देखिएको विभागका निर्देशक उप्रेती बताउ छन् । 

    पछिल्लो समय अनलाइन प्रणाली नियमन गर्न नसक्दा कहिलेकाहीँ व्यक्तिगत रूपमा गएकाको कागज नै किर्ते भएको हुन सक्ने, वैदेशिक रोजगार कम्पनीको आधिकारिकता जाँच्न नसकिने, विदेश पुगेकालाई अद्यागमन, श्रमलगायतका जानकारी पुऱ्याउन नसकिने समस्या देखिएको छ। 

    प्रतिकृया दिनुहोस्

    अमेरिका-क्यानाडा पठाइदिने प्रलोभनमा साढे ५ करोड ठग्ने गिरोह पक्राउ

    काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानाडा पठाइदिने प्रलोभन देखाइ...

    मोरङको रतुवामाई नगरपालिकाको भवन निर्माण सुस्त गतिमा

    बैशाख-२८,शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगर पालिका-७ स्थित  सिजुवामा नवनिर्मित भवनको  निर्माण कार्य सुरु भएको तीन...

    कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डकाे एउटा टापु बन्द

    बैंकक। व्यापक कोरल ब्लिचिङको खोजीपछि बिहीबार दक्षिणी थाइल्यान्डको एउटा टापु बन्द गरिएको यहाँको राष्ट्रिय निकुञ्ज...

    प्रसुति महिलाहरुका लागि स्वास्थ्य मन्त्रालयद्वारा पोषणयुक्त फुड वितरण

    बैशाख २८, बिहीबार/मोरङ – कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले रङ्गेली अस्पतालमा प्रसुति  गराउन आएका महिलाहरूका...

    मोरङको जहदा गाउँपालिकाबाट गाँजा सहित एक युवा पक्राउ

    बैशाख-२८, बिहीबार/मोरङ – मोरङ जहदा गाउँपालिका वडा नम्वर ३ स्थित हाथिबन्दाबाट लागू औषध गाँजा सहित...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal