News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • रगत परीक्षणबाट शरीरको विभिन्न अंगको आयु पत्ता लगाउन सकिन्छ: अध्ययन

    हिमालीसंचार संवाददाता
    २२९ पटक

    अमेरिकास्थित स्ट्यानफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले हालै गरेको एक अनुसन्धानले रगत परीक्षणबाटै शरीरको कुन अंगको आयु कति छ भन्ने पत्ता लगाएका छन् । साथै, शरीरका कुनै अंग फेल (काम नगरिरहेको) हुने सम्भावना छ कि भनेरसमेत रगत परीक्षणबाट थाहा पाउन सकिने उनीहरूले बताएका छन् ।

    वैज्ञानिकहरूको टोलीले मुटु, मस्तिष्क र फोक्सोलगायत शरीरका ११ अंगको अवस्था रगत परीक्षणबाट थाहा पाउन सकिने निष्कर्ष वैज्ञानिकहरुले निकालेका हुन् । 

    नेचर जर्नलमा हालै प्रकाशित उक्त अध्ययन रिपोर्टअनुसार हजारौँ वयष्कमाथि अनुसन्धान एवं परीक्षण गरिएको थियो । परीक्षणले ५० वर्षभन्दा माथिका पाँचमध्ये एक स्वास्थ्य वयस्क व्यक्तिमा उमेरभन्दा छिटो उसको अंगको आयु घटिरहेको पाइएको छ । र, प्रत्येक सयमध्ये दुईजनासम्ममा कम उमेरमै विभिन्न अंगले काम गर्न छाडिरहेको समेत अध्ययनले देखाएको छ । 

    स्वास्थ्य विज्ञहरूले अंगहरूको उमेर परीक्षण गरेर जटिल समस्याको समयमै उपचार गर्न सकिने भएकाले यो अनुसन्धान निकै महत्वपूर्ण भएको दाबी गरेका छन् । जस्तै, मुटुको उमेर मुटुको एजिङको गति पत्ता लगाएर यसबाट हुन सक्ने हृदयाघातको समस्या र मस्तिष्कको एजिङ हेरेर डिमेन्सियालगायत समस्याको समाधान खोज्न सकिने उनीहरूको भनाइ छ । 

    अध्ययनले एक वा धेरै अंगहरू छिटो बुढ्यौली हुनुलाई अर्को १५ वर्षमा निश्चित दीर्घरोगको समस्या देखिने र मृत्युको उच्च जोखिमसँग जोडिएको समेत देखाएको हो । यसका लागि अनुसन्धानकर्ताले ११ वटा मुख्य अंगको परीक्षण गरेका थिए । जसमा मस्तिष्क, मुटु, कलेजो, फोक्सो, आन्द्रा, मिर्गौला, बोसो, रक्तनली, इम्युन टिस्यु, मांसपेशी र प्यानक्रियाज थिए ।

    रगतमा रहेको प्रोटिनको ढाँचाअनुसार अंगको अवस्था पत्ता लगाउन प्रोटिनको स्तरमा परीक्षण गरिएको थियो । अनुसन्धानकर्ताले हजारौँ नतिजा र बिरामीको डेटा प्रयोग गरेर भविष्यवाणी गर्न मेसिन–लर्निङ एल्गोरिदम विधि अपनाएका थिए । 

    अनुसन्धान गरिरहेको समूहका डाक्टर टोनी वाइस–कोरेले भनेका छन्, ‘जब हामीले प्रत्येक व्यक्तिका लागि यी अंगहरूको जैविक उमेरलाई गम्भीर रोग नभएका मानिसको समूहसँग तुलना गर्‍यौँ, यसबाट पत्ता लगायौँ कि १८ दशमलव ४ प्रतिशतमा कम्तीमा एउटा अंग औसतभन्दा धेरै छिटो बुढो भएको थियो ।’ डाक्टर कोरेका अनुसार यी व्यक्तिहरूमा १५ वर्षभित्रमा कुनै न कुनै समस्या देखिने प्रबल सम्भावना देखिन्छ । यद्यपि, यसका लागि नियमित स्वास्थ्य परीक्षण गर्न जरुरी देखिएको छ । 

    डाक्टर वाइस–कोरेका केही पहिलेका अध्ययनले जैविक बुढ्यौली प्रक्रिया स्थिर नभएको, तर ३० वर्ष, ६० र ७० वर्षको उमेरमा अंगहरूमा बुढ्यौली तीव्र गतिमा बढ्ने गरेको पुष्टि गरिसकेका छन् । उनको पछिल्लो यस अनुसन्धानको निष्कर्षबारे लन्डनको क्विन मेरी युनिभर्सिटीका उमेर सम्बन्धित स्वास्थ्य र रोगका विशेषज्ञ प्रोफेसर जेम्स टिमन्सले समेत टिप्पणी गरेका छन् । 

    जैविक उमेरका रगत मार्करमा अध्ययन गरिरहेका उनले भनेका छन्, ‘डाक्टर वाइस–कोरेको पछिल्लो निष्कर्ष प्रभावशाली छ। तर धेरै व्यक्तिमा विशेष गरी विभिन्न जातीय पृष्ठभूमिका युवामा प्रमाणीकरण आवश्यक हुन सक्छ । ’

    अनुसन्धान गरिरहेका वैज्ञानिकको समूहले अझै ५० हजारदेखि एक लाख स्वास्थ्य व्यक्तिमा अध्ययन गर्दा थप स्पष्ट हुने बताएको छ । अन्य वैज्ञानिकले एउटा अंग मात्रै नभएर पूर्ण शरीरमा रगतको अवस्था जाँच गरिनुपर्ने र कतिपयले यो परीक्षणले मानिसमा स्वास्थ्य समस्याप्रति डरसमेत पैदा गर्न सक्ने भएकाले त्यसको समाधानका लागि तयारी गर्नुपर्नेजस्ता टिप्पणी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २१, २०८१ (अप्रिल ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    व्यवसायीलाई धम्क्याएर फिरौती माग्ने पक्राउ

    कोहलपुर, चैत्र २० – बाँकेको कोहलपुरमा एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारतीय रुपैयाँ फिरौती माग्ने...

    ‘पाटन फेस्ट २०२५’ : दुर्गेश थापा र चर्चित ब्यान्डहरूको धमाकेदार प्रस्तुति

    ललितपुर, चैत्र २० – आगामी चैत्र २३ गते शनिबार ललितपुरको च्यासल खेलमैदान मा ‘पाटन फेस्ट...

    भाटभटेनीद्वारा पत्रकार रजक र महर्जनका परिवारलाई आर्थिक सहायता

    काठमाडौं, चैत्र २० – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजक र सविन महर्जनका...

    कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदै

    चैत्र २०, काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीसम्बन्धी रिटमा आज पनि...