News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बाजुराको बडीमालिकाका प्रशासकिय अधिकृतलाई वडाअध्यक्षले दिए गोली हान्ने धम्की

    हिमालीसंचार संवाददाता
    २१५ पटक

    धनगढी। बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले ज्यानमार्ने धम्की आएको भन्दै सुरक्षाको माग गरेका छन्।

    उनले बुधवार बडीमालिका नगरपालिका वडा नम्मर ६ का वडा अध्यक्ष किष्ण खड्काले गोली हानेर मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।

    उनले भने, ‘हिजो बिहान ९ बजे तिर हो। मेयर साप, ६ नम्बरको वडाध्यक्ष र ७ नम्बरको वडाध्यक्ष तीनै जना हुनुहुन्थ्यो। काम गरेका छौ, भुक्तानी दिनु भन्नुभयो। प्रक्रियामा नआएकालाई समस्या हुने भनेको थिए। कर्मचारीलाई प्रक्रियामा नआएकालाई दबाब दिन सक्दैन भनेको थिए। मेरो यति रुपैया भुक्तानी दिनुछ। नभए, गोली हानेर मार्छु भन्नुभयो। मेयर साप नभएको भए मार्ने। दुई पटक हान्न आउनु भएको हो।’

    प्रमुख प्रशासकिय अधिकृत विकलाई ज्यान मार्ने धम्की आएपछि उनले जिल्ला प्रशासन कार्यालय बाजुरामा बुधवार नै ज्यानको सुरक्षा र कारबाहीका लागि निवेदन दिएका छन्। वडा अध्यक्ष खड्काले नगर प्रमुख अमर खड्काको कार्यकक्षमा गोली हान्ने धम्की दिएको विकले बताए।

    उनले प्रक्रियामा नभएका योजनाको भुक्तानीका लागि कर्मचारीहरु र जनप्रतिनिधीसँग छलफल गर्ने बताए पनि वडा अध्यक्ष किष्ण खड्काले यसको २० गते भित्र रकम भुक्तानी नगरे गोली हान्ने धम्की दिएका हुन्। यता यो विषयमा जानकारी लिन खोज्दा वडा अध्यक्षको फोन उठेन।

    आफुलाई नगरपालिकामा पटकपटक धम्काउने गरेको प्रमुख विकले गुनासो गरेका छन्। उनले आफुलाई बडिमालिका नगरपालिकामा कार्यालय सहयोगीदेखि जनप्रतिनिधीहरुले धम्काएर ज्यान मार्ने धम्की पटकपटक दिदै आएको बताएका हुन्। उनलाई केहि दिन अगाडि कार्यालय सहयोगी खडक रानाले समेत ज्यान मार्ने धम्की दिएका थिए।

    बडिमालिका नगरपालिकाको १३ औँ नगरसभामा धेरै महगो र धेरै ठुलो खसी किन चाहिँयो भन्दा उल्टै प्रमुख प्रशासकिय अधिकृत माथी अपशब्द प्रयोग गर्दै कार्यालय सहयोगी राना लगायत अन्य व्यक्तिहरुले ज्यान मार्ने धम्की दिएको हुन्।

    यसको विषयमा नगरप्रमुख अमर खड्काले पनि बेवास्ता गरेको कार्यकारी अधिकृत विकले सामाजिक संजाल फेसबुकमा दुखेसो पोखेका छन्। नगर प्रमुख खड्कालेसमेत फोन उठाएनन्। दिनेशखबरबाट।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख १०, २०८२ (अप्रिल २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै...

    १५६औं लेनिन जयन्ती र ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ७७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

    काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको...

    तीनकुने काण्ड : दुर्गा प्रसाईंविरुद्ध पाँचवटा गम्भीर अभियोगमा बयान सुरु

    काठमाडौं, वैशाख ९ – राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त...

    कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, तयारी तीव्र –

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही...