आज : २०२६-०६-२१, आइतबार

मोरङको रंगेली विराटनगर सडक खण्डमा ट्याक्टर र मोटरसाईकल जुध्यो, एक जनाको मृत्यु

रविन्द्र बराल/मोरङ, जेष्ठ २५ बिहिबार – मोरङको रंगेली विराटनगर सडक खण्ड अन्तर्गत कटहरी गाउँपालिका ४ स्थित नयाँ बजार चोकमा मोटरसाईकल दुर्घटना हुदा रंगेली ६ बस्ने ४०बर्षीय सुनिल ठाकुरको मृत्यु भएको छ।

उनी को १९ प ५८२ नम्बरको मोटरसाइकलमा बिराटनगरबाट  रंगेली घरतर्फ फर्कने क्रममा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको  को २ त २५२ नम्बरको ट्र्याक्टरले ठक्कर दिई दुर्घटना हुँदा गम्भीर धाईते भएका ठाकुरको उपचारका क्रममा बिराटनगर स्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।  

विराटनगर ८ बस्ने १८ बर्षका ट्याक्टर चालक गणेश राय र ट्र्याक्टलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।