आज : २०२६-०६-२१, आइतबार

कानेपोखरी गेउरिया खोलाको पुल निर्माण सम्पन्न नहुदा सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्न बाध्य

रबिन्द्र बराल/मोरङ, जेष्ठ २४ बुधबार – मोरङको रंगेली, कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका-२ स्थित गेउरीया खोलाको पुल पुनःकछुवाको गतिमा निर्माण भईरहदा सर्वसाधारणले जोखिम पुर्ण यात्रा गर्न बाध्य भएका छन्।

ठेक्केदारले बारम्बार म्याद थप गरेता पनि अहिलेसम्म पनि काम भने सम्पन्न हुन सकेको छैन । त्यस्तै, सम्बन्धित निकायको ध्यान समेत जान सकेको छैन्। उक्त पुलको निर्माणकार्य २०७१ सालमा फिचर एण्ड सराउद्धिन जेविले १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कोरोड १८ लाख रुपैयाँमा ठेक्का पाएको थियो। तर, ९ बर्ष बितिसक्दा समेत पुलको काम सम्पन्न हुन सकेको छैन । 

एक महिनादेखि पुल ढलानका लागि छड बाध्ने काम सुरु भएको र पुलको काम भएता पनी कछुवाको गतिमा पुलको निर्माण अगाडि बढीरहेको स्थानीयहरुले बताए । अब आउने बर्षको समयमा समेत स्थानीयले पुरानै दुख भोग्नु पर्ने आवस्था कायमै रहने स्थानीयको आकलन रहेको छ।  

यस भेगमा दैनिक आवतजावत गर्ने गाडी चालकहरुले  बर्षादेखि दुख पाउने र दैनिक सयौं यात्रुहरु लिएर आवतजावत गर्न ड्राइभरले भने यात्रा जोखिम उस्तै रहेको छ। यस क्षेत्रमा कुनै बेला पनि दुर्धटना हुने सम्भावना र सर्वसाधारणको ज्यान जोखिम पारेर हिड्न बाध्य रहेको स्थानीयहरुले बताए । 

ठेक्केदारले गत  चैत्र महिनासम्म पुलको सम्पूर्ण काम सम्पन्न गर्ने र बैशाख महिनादेखि सो पुलबाट आवत जावत हुने भनिएता पनि असार लागि सक्दा समेत पुल भने निर्माणकार्य सम्पन हुन सकेको छैन ।