News Portal

  • इलामको पाथीभरा मन्दिरको भेटी हिनामिनाको आशंका, छानबिन गर्न ५ सदस्य समिति गठन

    छानबिनमा सहयोगसँगै प्रशासनको निष्पक्षता जाँच गर्छौंः गाउँपालिका अध्यक्ष स्याङ्बो

    हिमालीसंचार संवाददाता
    ४१६ पटक

    अविन माबो/इलाम – इलामको रोङ गाउँपालिकामा स्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीहरुले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक जनगुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ।

    इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो। सदस्यमा कोष तथा लेखा नियन्त्रण कार्यालय इलामका देवीचरण भण्डारी, शहरी विकास तथा भवन कार्यालयका तर्फबाट पशुपतिकुमार मण्डल, अडिटर किशोरकुमार ताम्राकार रहेका छन्। एक सदस्य भने रोङ गाउँपालिकाले तोक्ने  छ।

    जिल्लाको रोङ गाउँपालिका र सर्वदलीय बैठकबाट नै स्थानीय तहबाट अपारदर्शी हिसाब छानबिन गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको थियो। पत्र आएपछि सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले हिमालीसंचारडटकमसंग बताए। उनले सो समितिलाई सबैले सहयोग गर्नुपर्ने उल्लेख समेत गरे।

    उनले ‘सत्यतथ्य बाहिर आउनुपर्‍यो, हामीलाई २५ दिनको म्याद माग्नुभएको छ। ‘जे भए पनि एउटा प्रक्रिया अगाडि बढेको छ, अब काम हुन्छ।’ पाथीभरा मन्दिरमा संरक्षण संस्थाले पाँच वर्षमा हिसाब गोलमाल गरेको भन्दै हिसाबको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेपछि प्रक्रिया अगाडि बढेको छ। समितिले २५ दिनभित्र प्रतिवेदन तयार पार्ने जनाइएको छ।

    संस्था दर्ता ऐन, २०३४ बमोजिम मिति २०५५ साल भदौ २५ गते सो संस्था दर्ता भएको जनाइएको छ। जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै भनेको छ, ‘कोल्बुङ इलामको अपारदर्शी कार्यपद्धतिउपर नगरिकस्तरमा समेत उठेको गुनासो सम्बोधनका लागि संस्था दर्ता ऐन, २०३४ को दफा १० (१) बमोजिम विस्तृत छानबिन गरी कानूनी अस्तित्व, कार्य सञ्चालनको अवस्था र आय–व्यय (नगद, जिन्सी) को अद्यावधिक विवरणसहितको यथार्थ  प्रतिवेदन पेश गर्न सप्रजिअ ध्रुव कोइरालाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरी कार्यादेश दिइसकिएको सबैमा जानकारी गराउँदै उक्त समितिलाई सरोकारवाला सबैबाट सूचना, समन्वय तथा सहयोग प्राप्त हुने अपेक्षा गर्दछु, उनले भने।

    गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले प्रशासनको यो कदम स्वागतयोग्य भएको बताए। यद्यपि, लगातार दबाब दिएपछि मात्रै प्रशासनले सुनुवाई गरेको उनले थप स्पष्ट गरे। 

    उनका अनुसार ‘कम्तिमा हामीले प्रशासनलाई जानकारी गराएलगत्तै यो काम भएको भए त्यत्रो महिनाको गाउँपालिकाको आम्दानी त बढ्ने रहेछ । यही निर्णय अगाडि भएको भए रकम हिनामिना कमी हुने रहेछ। बारम्बार पत्र पठाउँदा बल्ल यो काम भएको छ, कतिको राम्रो छानबिन हुन्छ त्यो हामी पनि राम्ररी नियाल्छौँ,’ उनले गठित समितिलाई सहयोगसँगै उनीहरूको निष्पक्षतासमेत जाँच गर्ने समेत बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मधेशी भएकै कारण राजीनामा दिन बाध्य पारियो : उपेन्द्र यादवको आरोप

    काठमाडौं, साउन १ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी समुदायमाथि विभेदपूर्ण...

    रतुवामाईका प्रधानाध्यापकहरूले पाठ्यपुस्तक खरिद रकम अहिलेसम्म नतिरेको खुलासा

    रविन्द्र बराल/ मोरङ, साउन १ – रतुवामाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूले स्थानीय पुस्तक पसलहरूबाट खरिद...

    अडियो प्रकरणमा मुछिएका मन्त्री अधिकारी आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै

    काठमाडौं, साउन १ – गठन गरिएको ओली सरकारभित्र एकपछि अर्को गर्दै घोटाला र विवादका शृंखलामा...

    सुनचाँदीको कारोबारमा २% विलासिता कर लागू, आम उपभोक्ता र व्यवसायीमा व्यापक असन्तुष्टि

    काठमाडौं, साउन १ – सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत घोषणा गरेको २ प्रतिशत विलासिता...

    मनसुन सक्रिय, पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

    काठमाडौं, साउन१ – देशभर मनसुन सक्रिय भएसँगै मौसममा व्यापक परिवर्तन आएको छ। जल तथा मौसम...