News Portal

तेक्वान्दो प्रशिक्षक मकाउमा, प्रशिक्षकलाई सेमिनार तथा अपग्रेडिङ

शेर बहादुर कोईराला
९३७ पटक

मकाउ : नेपाल राष्ट्रीय तेक्वान्दो संघको सक्रियतामा संघका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रर्व बहादुर गुरूङ र अग्रज गुरू संघका सल्लाहकार शेर बहादुर थापा असोज १९ गते थाईलैण्ड हुदै मकाउ आई पुग्नु भएको थियो।

उक्त अवसरमा केन्द्रीय सदस्यद्वय प्रेम बहादुर भुजेल, रमेश जंग थापा र मकाउ समितिका अध्यक्ष पूर्ण बहादुर श्रेष्ठ साथै ठूलो तेक्वान्दो प्रशिक्षक तथा खेलाडीहरूले उहाँहरूलाई मकाउ अन्तराष्ट्रिय विमान स्थलमा भव्य स्वागत तथा अविवादन गरेका थिए भने सोही दिनको करिव १३:३० बजेबाट २०:०० बजे सम्म नेपालबाट, हंगकंगबाट तथा मकाउमा कार्यरत अग्रज गुरूहरू तथा तेक्वान्दो प्रशिक्षकहरू मकाउमा रहेका तेक्वाण्डो टोलीले आयोजना गरेको वि.वि. क्यूमा भेला भई खुशीयाली साटासाट तथा लामो समय पश्चात भेटघाट भएकोले हर्ष उल्लास छाएको थियो।

उक्त अवसरमा अग्रज गुरूहरूलाई स्वागत तथा सम्मान गरीएको थियो भने उहाँहरूबाट उक्त सम्मानलाई ग्रहण गरी खुशियालीका साथ असल भएर असल काम गरी रहन आग्रह गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो। यस्तै क्रममा रा.ते.सं.का उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रुव बहादुर गुरूङले तेक्वान्दो एउटा अनुशासीत खेल भएको र यो खेललाई लगातार रूपमा अगाडी बढाई राख्न जरूरी छ यसको लागि हामी हरेकले आ-आफ्नो स्थान तह तप्काबाट दत्तचित्त भएर लाग्नु पर्छ जसमा कुनै किसिमको भेदभाव छैन।चाहे जुनसुकै पृष्ठभूमि र काम विशेष अनि संस्थामा आबद्ध भए पनि हामि सवै एक हौ र एक ढिक्का भएर तेक्वान्दो खेलमा लागि पर्न म आफै र सम्पूर्ण खेलाडीहरूलाई आग्रह गर्दछु भन्नु भयो । यसै क्रममा सल्लाकार तथा अग्रज प्रशिक्षक गुरू शेर बहादुर थापा( भूपू सैनिक उ.से. वरिष्ठ प्रशिक्षक) ले पनि तेक्वान्दो खेलमा एक जुट भएर लागि रहन जोड दिनु भएको थियो।यस्तै क्रममा केन्द्रीय सदस्यद्वय प्रशिक्षक प्रेम बहादुर भुजेल, रमेश जंग थापा,मकाउका अध्यक्ष पूर्ण बहादुर श्रेष्ठ र प्रशिक्षक अर्जुन बहादुर अधिकारी तेक्वान्दोलाई एक जुट सक्षम र सामर्थ्यबान बनाई रहन भाइचाराको वतावरण महत्वपूर्ण भुमिका निभाउनु भएको थियो।

यस्तै गरेर अग्रीम तेक्वान्दोमा ग्रेडिङ गरी सकेका प्रशिक्षक रमेश जंग थापा र प्रशिक्षक प्रेम बहादुर रानालाइ नेपाली तथा कोरियान डानको प्रमाण-पत्रहरू वितरण गर्दै नेपाल राष्ट्रिय तेक्वान्दो संघबाट सेमिनार तथा अप ग्रेडिङ गराउनको लागि खटाईएको प्रशिक्षकहरूको नामावली प्रमुख प्रशिक्षक ध्रुर्व बहादुर गुरूङ, शेर बहादुर थापा र प्रेम बहादुर भुजेलको प्रकाशित गर्दै उक्त पत्र मकाउका अध्यक्ष प्रशिक्षक पूर्ण बहादुर श्रेष्टलाइ हस्तान्तरण गरिएको थियो।यस पछि पनि गुरूहरूले बिभिन्न गोष्टी र सेमिनारमा बाक्लो उपस्थितमा सामेल,स्थान विशेष तथा खेलकुदको भ्रमण तथा अवलोकन गर्दै रहनु भएको थियो ।

यहाँको बिकास देखेर हाम्रो देशमा पनि यस्तै विकाश भए हामी अतिनै असल हुने थियो भन्नुभयो। यसरी पूर्व निरधारीत कार्यक्रम अनुसार मकाउको तापसेकमा असोज २५ गते मकाउमा कार्यरत प्रशिक्षकहरूलाइ अप ग्रेडिङ जाँच गराईको थियो। ग्रेडिङ गराउनु हुने प्रमुख प्रशिक्षक ध्रुर्व बहादुर गुरूङ, अग्रज प्रशिक्षक शेर बहादुर थापा र प्रशिक्षक प्रेम बहादुर भुजेल हुनुहुन्थ्यो।यस्तै गरेर ग्रेडीङमा भाग लिनु हुने प्रशिक्षकहरू क्रमश: अर्जुन बहादुर अधिकारी, रमेश जंग थापा, पूर्ण बहादुर श्रेष्ठ, विश्वराज सिग्देल, रामशरण दुलाल, प्रेम बहादुर राना, जित बहादुर खड़का, शिव शंकर चौधरी, पस्नेरी शेर्पा, शेर बहादुर कोईराला, कृष्णशरण कार्की, अनिल लामा, खड़क बहादुर थापा, शुनिल बस्नेत, गोपाल बहादुर जि.सि, चक्रराज रानामगर, मुना तामाङ र सपना भुजेल हुनुहुन्थ्यो।

यसरी भव्य र सभ्य रूपमा बृहत् सभागितामा प्रस्तुत भएको ग्रेडिङ उत्साह जनक सम्पन्न भएको घोषणा सम्बन्धित प्रशिकहरूले गरेका थिए भने यसरी नै आगामी दिनहरूमा पनि धेरै भन्दा धेरै सहभागिता गराउन सकौ र अझै उत्साह मिलोस भनि अग्रज प्रशिकहरूबाट ग्रेडिङ दिन पठाउने नेपाल राष्ट्रीय तेक्वान्दो संघ, आमन्त्रण गर्ने प्रशिक्षकहरू तथा ग्रेडिङ सहभागी र सहयोग गर्नुहुने सबैलाई आत्माबाटनै धन्यवाद दिनुहुदै कार्यक्रम समाप्त गरिएको थियो।

यसै गरेर असोज २६ गते प्रमुख प्रशिक्षक ध्रर्व बहादुर गुरूङ र अग्रज प्रशिक्षक शेर बहादुर थापा मकाउ अन्तरराष्ट्रीय विमान स्थल हुदै नेपाल प्रस्थान गर्नु भएको थियो भने उहॉहरूलाइ ठुलो तेक्वान्दो प्रशिक्षकहरूको भिडले शुभ यात्राको कामना गर्दै विधाई गरेका थिए।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...