News Portal

टेक्ससमा नेपालका पूर्वराष्ट्रिय खेलाडी तुलाधर सम्मानित

हिमाली संचार संवाददाता
६८० पटक

अमेरिका : अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न दशैं कप भकुण्डो प्रतियोगितामा नेपालका पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मानित भएका छन् ।

उक्त सातौ दशैँ कप प्रतियोगितामा ड्यालस गोर्खाज फुटबल क्लब बिजयी भएको छ । बिजयी संगै बिजयी टोलीले २ हजार डलर नगद तथा पदक हासिल गरेको छ । गतवर्ष उक्त प्रतियोगितामा क्यर्लिफोर्नियाको सन्निभेल भकुण्डो टोली बिजेता बनेको थियो । उक्त प्रतियोगिताको निर्णायक खेलमा ड्यालस गोर्खाज फुटबल क्लबले लस एन्जेलस ११ लाई २- ० ले हराई ७ औ दशैं कप फुटबल प्रतियोगिताको पदक प्राप्त गरेको हो ।

प्रतियोगितामा उप बिजेता रहेको लस एन्जेलस ११ टोलीले ८ सय डलर तथा पदका प्राप्त गरेको छ । प्रतियोगितामा पेमा योजर उत्कृष्ट खेलाडी घोषित भएका छन् । यसैगरी ३५ वर्ष भन्दामाथि उमेरका खेलाडीहरु बीच सम्पन्न उक्त खेल प्रतियोगितामा एफसी गोल बोसटर्स बिजयी भएको छ ।

उपबिजेता ड्यालस गोर्खाज फुटबल क्लब रहेको थियो भने उप बिजेतालाई ५ सय डलर तथा पदक प्रदान गरिएको छ । उक्त खेलमा गोल रहित भएपछि पेनाल्टीको माध्यम बाट एफसी गोल बोसटर्स बिजयी भएको हो । बिजेतालाई एक हजार डलर नगद तथा पदक प्राप्त भएको छ । रवि गौतम उत्कृष्ठ खेलाडी घोषित भएका छन् ।

हरेक वर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्ने राष्ट्रिय भकुण्डो खेलाडीलाई सम्मान गर्ने भएकोले यस वर्ष  पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधर गरिनुको साथै तुलाधर नै प्रमुख अतिथि रहेका थिए ।

सन् २०१० देखि नै न्यूयोर्कमा बसोबास गर्दै आएका तुलाधरले आफू राष्ट्रिय भकुण्डो टोलिमा सन् २००३ मा सहायक कप्तान रहेको बताए । उनी सिड्नी ओलम्पिकमा टोली प्रमुख थिए भने राष्ट्रको लागि ९ वर्षसम्म निरन्तर खेले ।

सम्मानित भएपछि विदेशी भूमिमा युवा पिढीले सम्मान गरेकोमा हर्ष लागेको बताए । आयोजकलाई आफूले जानेको कुरा, सिकेको कुरा र अनुभव बारेमा सहयोग चाहेमा आफू सदैव युवा खेलाडीहरुका लागि सहयोग गर्ने बचनबद्धता दिएका छन् ।तुलाधरले आफूलाई देशले ठूलो लगानी गरेको तर भकुण्डो पदाधिकारीहरुको व्यक्तिगत स्वार्थ र  राजनीतिका कारण विदेशिनु परेको बताए ।

साथै मातृभूमि, खेलाडी र खेलप्रेमीहरुलाई आफूले सदैव माया गर्ने बताए । यहाँ बसेर पनि देशलाई केही सहयोग गर्नु परेमा आफू तत्पर रहेको तुलाधरले बताए । साथै ड्यालस गोर्खाज क्लबलाई धन्यबाद दिदै  प्रगतिको शुभकामना दिएका छन् । ड्यालस गोर्खाज फुटबल टोलीका खेलाडी तथा प्रतियोगिताका संयोजक बिनोद विष्टले हरेक वर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गरेका खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए ।

गत वर्ष छैठौ दशैं कप फुटबल प्रतियोगिता नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मान गरिएको थियो ।नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा दशैँ अगाडि खेलाइने उक्त प्रतियोगिताको आयोजक ड्यालस गोर्खाज फुटबल टिम रहेको थियो ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...