News Portal

पखालामय काठमाडौँ, बहु-सङ्क्रमण यसको कारक हुन सक्छ: डा. शेरबहादुर पुन

हिमालीसंचार संवाददाता
२६६ पटक

काठमाडौँ महानगरपालिकामा दर्जनौँ मानिसहरू झाडापखालाबाट प्रभावित भएका छन्। तर, सबै जनामा हैजाको जीवाणु भने पुष्टि भएको छैन । यो लेख लेख्दै गर्दा हैजा सङ्क्रमितको सङ्ख्या १७ जनामा पुष्टि भएको छ। हैजा मात्र नभएर विभिन्न सङ्क्रमणहरू झाडापखालाका कारक हुनसक्ने अनुमान गर्न भने सकिन्छ किनभने हाल काठमाडौंमा पिउने पानीमा दिसा मिसिएको र इकोलाई भेटिएको भनिएको छ ।

काठमाडौंमा केहि दिन अगाडी पानी परीक्षण गर्दा इकोलाई भेटिएको भनिएको छ । इकोलाई सङ्क्रमणले झाडापखाला पनि गराउँदछ ।”एसरेखीय कोलाई” लाई छोटकरीमा इकोलाई भन्ने गरिन्छ । इकोलाईले सामान्यतया स्वास्थ्यमा समस्या नल्याउने भएता पनि यसका केहि प्रजातिले भने स्वास्थ्यमा जटिलता निम्त्याउन सक्ने हुन्छ । “हेमोलाईटिक युरेमिक सिन्ड्रोम” यसको मुख्य जटिलताको रूपमा लिन सकिन्छ र यसको जोखिममा मुख्यतः बालबालिका तथा ज्येष्ठ नागरिक हुने गर्दछ । 

सङ्क्रमित भएको औसतमा ३-४ दिनमा लक्षणहरू देखिने गर्दछ । ज्वरो आउनु, रगत मिसिएको पखाला लाग्नु, पेटका मांसपेशीका बौडिनु, बान्ता हुनु जस्ता यसका मुख्य लक्षणहरू हुन् । यदि इकोलाईको कडा प्रजाति रहेछ भने ५ देखि १० प्रतिशतमा “हेमोलाईटिक युरेमिक सिन्ड्रोम” को समस्या देखिन सक्दछ । लक्षण देखिएको एक हप्ता अर्थात् पखाला कम हुँदै गएको अवस्थामा यस्तो सिन्ड्रोम देखिन सक्दछ । यो सिन्ड्रोम देखिए पछि ५ प्रतिशतसम्मको मृत्यु समेत हुन सक्दछ । यो सङ्क्रमणबाट बच्न खानेकुरा, पानी, दूध राम्ररी पकाएर/उमालेर खाने र त्यस्तै काँचै खाने फलफूल वा तरकारी (गोलभेँडा, काँक्रा, साग) आधी लाई सफा र सुरक्षित पानीले पखालेर मात्र खानु पर्दछ । 

झाडापखालाको अर्को कारक “सिगेला” ब्याक्टेरिया पनि सङ्क्रमितमा देखिएको छ । “सिगेला” ब्याक्टेरिया सङ्क्रमण भएको एक दुई दिनमा नै लक्षणहरू देखिन सुरु हुन्छ । पखाला (कहिले काहीँ रगत/सिगान जस्तो चिप्लो मिसिएको), ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने आधी यसका मुख्य लक्षणहरू हुन् । “सिगेला” को चार मध्ये फ्लेक्सनेरी नामक प्रजातिको ब्याक्टेरियाले सङ्क्रमण गरेको अवस्थामा केहि मानिसमा लामो समय सम्म जोर्नी दुख्ने, आँखामा जलन हुने तथा पिसाब गर्दा दुख्ने हुन सक्दछ । हाल झाडापखाला बिरामीमा यही फ्लेक्सनेरी प्रजातिको “सिगेला” ब्याक्टेरिया पनि देखिएको छ । 

काठमाडौँमा झाडापखालाका हैजाले मात्र फैलिएको होइन भन्ने सङ्केत ठुलो सङ्ख्याका बिरामीमा हैजा पुष्टि नहुनु पनि देखाउँदछ । इकोलाई र “सिगेला” ब्याक्टेरिया पनि देखा परेका छन् । यसबाट हाल काठमाडौँ झाडापखालामय हुनुमा हैजा मात्र नभएर बहु-सङ्क्रमण कारक भएको देखिन्छ । अझ परीक्षणको दायरा बढाए थप सङ्क्रमण फेला समेत पर्न सक्दछ । 

झाडापखालाको प्रकोपमा एक भन्दा बढी सङ्क्रमणहरू फैलिरहेको पनि हुन सक्दछ भन्ने त्यो बलियो आधार थियो । तर, यी पखाला गराउने बहु-संक्रमणलाई रोक्ने तरिका भने एकै छन् । पानी सफा र सुरक्षित पिउने, खानेकुरा राम्ररी पकाउने र ताजा मात्र खाने, काँचो खाने तरकारी (जस्तै गोलभेँडा, काँक्रो, सागपात) र फलफूल सुरक्षित पानीले (निर्मलीकरण गरेको) सफा गरेर मात्र खाने र जो कोही शौचालय गएपछि हात राम्ररी साबुन पानीले धुने गरेमा सङ्क्रमित हुनबाट आफू पनि बच्दछौ र थप सङ्क्रमण फैलनबाट रोक्न पनि सकिन्छ।

(डा. शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...