News Portal

  • पखालामय काठमाडौँ, बहु-सङ्क्रमण यसको कारक हुन सक्छ: डा. शेरबहादुर पुन

    हिमालीसंचार संवाददाता
    २१० पटक

    काठमाडौँ महानगरपालिकामा दर्जनौँ मानिसहरू झाडापखालाबाट प्रभावित भएका छन्। तर, सबै जनामा हैजाको जीवाणु भने पुष्टि भएको छैन । यो लेख लेख्दै गर्दा हैजा सङ्क्रमितको सङ्ख्या १७ जनामा पुष्टि भएको छ। हैजा मात्र नभएर विभिन्न सङ्क्रमणहरू झाडापखालाका कारक हुनसक्ने अनुमान गर्न भने सकिन्छ किनभने हाल काठमाडौंमा पिउने पानीमा दिसा मिसिएको र इकोलाई भेटिएको भनिएको छ ।

    काठमाडौंमा केहि दिन अगाडी पानी परीक्षण गर्दा इकोलाई भेटिएको भनिएको छ । इकोलाई सङ्क्रमणले झाडापखाला पनि गराउँदछ ।”एसरेखीय कोलाई” लाई छोटकरीमा इकोलाई भन्ने गरिन्छ । इकोलाईले सामान्यतया स्वास्थ्यमा समस्या नल्याउने भएता पनि यसका केहि प्रजातिले भने स्वास्थ्यमा जटिलता निम्त्याउन सक्ने हुन्छ । “हेमोलाईटिक युरेमिक सिन्ड्रोम” यसको मुख्य जटिलताको रूपमा लिन सकिन्छ र यसको जोखिममा मुख्यतः बालबालिका तथा ज्येष्ठ नागरिक हुने गर्दछ । 

    सङ्क्रमित भएको औसतमा ३-४ दिनमा लक्षणहरू देखिने गर्दछ । ज्वरो आउनु, रगत मिसिएको पखाला लाग्नु, पेटका मांसपेशीका बौडिनु, बान्ता हुनु जस्ता यसका मुख्य लक्षणहरू हुन् । यदि इकोलाईको कडा प्रजाति रहेछ भने ५ देखि १० प्रतिशतमा “हेमोलाईटिक युरेमिक सिन्ड्रोम” को समस्या देखिन सक्दछ । लक्षण देखिएको एक हप्ता अर्थात् पखाला कम हुँदै गएको अवस्थामा यस्तो सिन्ड्रोम देखिन सक्दछ । यो सिन्ड्रोम देखिए पछि ५ प्रतिशतसम्मको मृत्यु समेत हुन सक्दछ । यो सङ्क्रमणबाट बच्न खानेकुरा, पानी, दूध राम्ररी पकाएर/उमालेर खाने र त्यस्तै काँचै खाने फलफूल वा तरकारी (गोलभेँडा, काँक्रा, साग) आधी लाई सफा र सुरक्षित पानीले पखालेर मात्र खानु पर्दछ । 

    झाडापखालाको अर्को कारक “सिगेला” ब्याक्टेरिया पनि सङ्क्रमितमा देखिएको छ । “सिगेला” ब्याक्टेरिया सङ्क्रमण भएको एक दुई दिनमा नै लक्षणहरू देखिन सुरु हुन्छ । पखाला (कहिले काहीँ रगत/सिगान जस्तो चिप्लो मिसिएको), ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने आधी यसका मुख्य लक्षणहरू हुन् । “सिगेला” को चार मध्ये फ्लेक्सनेरी नामक प्रजातिको ब्याक्टेरियाले सङ्क्रमण गरेको अवस्थामा केहि मानिसमा लामो समय सम्म जोर्नी दुख्ने, आँखामा जलन हुने तथा पिसाब गर्दा दुख्ने हुन सक्दछ । हाल झाडापखाला बिरामीमा यही फ्लेक्सनेरी प्रजातिको “सिगेला” ब्याक्टेरिया पनि देखिएको छ । 

    काठमाडौँमा झाडापखालाका हैजाले मात्र फैलिएको होइन भन्ने सङ्केत ठुलो सङ्ख्याका बिरामीमा हैजा पुष्टि नहुनु पनि देखाउँदछ । इकोलाई र “सिगेला” ब्याक्टेरिया पनि देखा परेका छन् । यसबाट हाल काठमाडौँ झाडापखालामय हुनुमा हैजा मात्र नभएर बहु-सङ्क्रमण कारक भएको देखिन्छ । अझ परीक्षणको दायरा बढाए थप सङ्क्रमण फेला समेत पर्न सक्दछ । 

    झाडापखालाको प्रकोपमा एक भन्दा बढी सङ्क्रमणहरू फैलिरहेको पनि हुन सक्दछ भन्ने त्यो बलियो आधार थियो । तर, यी पखाला गराउने बहु-संक्रमणलाई रोक्ने तरिका भने एकै छन् । पानी सफा र सुरक्षित पिउने, खानेकुरा राम्ररी पकाउने र ताजा मात्र खाने, काँचो खाने तरकारी (जस्तै गोलभेँडा, काँक्रो, सागपात) र फलफूल सुरक्षित पानीले (निर्मलीकरण गरेको) सफा गरेर मात्र खाने र जो कोही शौचालय गएपछि हात राम्ररी साबुन पानीले धुने गरेमा सङ्क्रमित हुनबाट आफू पनि बच्दछौ र थप सङ्क्रमण फैलनबाट रोक्न पनि सकिन्छ।

    (डा. शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...