News Portal

कतारको दोहामा तीन किराती संस्थाहरुले संयुक्त उभौली चाड मनाउदै

हिमालीसंचार संवाददाता
६६७ पटक

गजेन्द्र खालिङ राई/दोहा – कतारमा स्थापित तीन किराती संस्थाहरु किरात राई यायोक्खा शाखा कतार, सुनुवार सेवा समाज शाखा कतार र किरात याक्थुङ चुम्लुङ कतारको संयुक्त आयोजनामा किरात मूल समारोह आयोजक समितिले विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि किरातीहरुको महान चाड “सालिवा स्यादर पिदार, यक्वा तङ्नाम, साकेला उभौली-५०८२” कार्यक्रम यहि २० में २०२२ शुक्रवारका दिन दोहाको नज्मा स्थित शालिमार होटलमा मनाउने भएको छ ।

कोरोनाको महामारी पश्चात केहि सहज परिस्थिती भएको हुदा सरकारले निर्देशन गरेका सुरक्षाको मापदण्ड अपनाउदै किरात मूल समारोह आयोजक समितिको चक्रिय प्रणाली अनुसार सुनुवार सेवा समाज शाखा कतारको अध्यक्ष जनक सुनुवारको संयोजकत्वमा, नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोतम सुनुवारको प्रमुख आतिथ्यमा तथा उप संयोजकहरु किरात याक्थुम चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम लिम्बू  र किरात  राई यायोख्खा शाखा  कतारका अध्यक्ष शंकर मान राई उपस्थिमा कार्यक्रम सम्पन्न हुन् लागेको हो।

कतार स्थित विभिन्न सामाजिक संघ सस्थाहरु, समाजसेवी, व्यवसायी, बुद्धिजीविहरु लगायत कतारमा रहेका किराती दाजुभाई तथा दिदि बहिनीहरुको उपस्थितिमा शुभकामना आदानप्रदान तथा किरातीहरुको मौलिक सांकृतिक झाकी लगायत स्थानीय कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुतिको साथ मनाउन लागेका आयोजकले बताएको छ। 

किरातीहरु प्रकृति पुजक हुन, यिनीहरुका हरेक चाड तथा संस्कार संस्कृतिहरु प्रकृति सगै जोडिएको हुन्छ । ति मध्ये उभौली चाड एक महान चाड हो । जसलाई किरात सुनुवार समुदायले सालिवा श्यादर पिदार, लिम्बु समुदायले यक्वा तङ्नाम र किरात राईहरुले साकेला उभौली भन्ने गर्दछ । आदिम कालमा किराती पुर्खाहरुले अन्न बालीको खोज गरि बाली लगाउने समय र उठाउने समयलाई सिजनको रुपमा मान्न थालियो ।

दुई सिजन मध्ये बैशाख महिनामा गर्मीको समयमा अन्न बाली लगाउने सिजनमा लगाएको बाली सप्रियोस भनेर भूमिको पुजा गर्ने प्रचलन रही आएको छ। जुन बेला प्रकृतिका चराचुरुङ्गी, जीवजन्तुहरु गर्मीको कारण उभो लेक तिर जाने, खोलाको माछाहरु पनि उभो खोलाको सिर तिर चढ्ने भएको हुदा यस चाडलाई उभौली चाडको रुपमा मान्ने गरिएको हो । 

त्यस्तै, अर्को सिजन मंसिर महिना जाडोको सिजनमा अन्न बाली भित्र्याउने समयमा पाकेको बाली खानु अघि पितृहरुलाई चढाउदै पितृको पुजा गर्ने प्रचलन रहेको छ। जुन समयदेखि प्रकृतिका चराचुरुङ्गी, जीवजन्तूहरु पनि जाडोको कारण तल बेसी तिर झर्ने, खोलाको माछाहरु पनि तल झर्ने भएका हुदा यस चाडलाई उधौली चाडको रुपमा मान्ने गरिएको हो । 

बैशाखे पुर्णिमाको सिजनमा अन्न बालीहरु लगाउने र सिजनमा लगाएको बालिनाली सप्रीयोस भनेर भूमि पुज्दै किरातीहरुले आफ्नो पितृहरुलाई फेदाङ्बा/नछुङ् राखेर पितृ पुजा गर्दै ढोल झ्याम्टा बजाउदै साकेला सिली/धान नाच/श्यादरसिल नाचदै धुम धामका साथ मनाउने प्रचलन रहेको छ ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...