News Portal

सहिद पूर्ण स्मृति प्रतिष्ठानको आयोजनामा जिल्लाव्यापी भलिबल प्रतियोगिता हुने

हिमाली संचार संवाददाता
९५७ पटक

प्रविन शाही 
दैलेख – शहिद पूर्ण स्मृति प्रतिष्ठान दुल्लूको आयोजनामा पालिकास्तरिय जिल्ला व्यापि खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

दैलेख जिल्ला क्षेत्र नं. २ का क्षेत्रिय सभापति शहिद पूर्णबहादुर भण्डारीको १६ औं स्मृति दिवसको अवसरमा असोज १४ गतेदेखि १६ गतेसम्म खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो ।

जिल्लाका ११ वटै स्थानिय तहहरुबाट खेलाडिहरु सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताबाट विजेतालाई प्रथम, द्वितिय र तृतियलाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार रकम सहित सिल्ड र प्रमाणपत्र समेत पुरस्कृत गरिने आयोजकको भनाई छ । उक्त प्रतियोगिता को राशि जिल्लाकै ठूलो रहेको आयोजकको दावि छ ।

प्रतियोगितामा सहभागी हुनसक्ने प्रत्येक टिमका १० जना खेलाडी र एक जना प्रशिक्षकलाई खान र बस्न को व्यवस्था गरेको प्रतिष्ठानका अध्यक्ष रत्नबहादुर शाहीले जानकारी दिए । सहभागि खेलाडिहरुले आफ्नो परिचय खुेल्ने गरी नागरिकत वा जन्मदर्ताको एक थान प्रतिलिपी अनिवार्य बुझाउन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...