News Portal

  • मकाउमा उभौली साकेला चाड सामान्य भूमि पुजा गरेर सम्पन्न

    हिमालीसंचार संवाददाता
    ७४१ पटक

    मकाउ – मकाउमा किरात समुदायले यो बर्ष पनी सामान्य भूमि पूजा गरेर बुधबार उभौली साकेला चाड मनाएका छन् । विश्वमा कोराना भाइरस महामारीको दोस्रो लहरका कारण अझै विश्व त्रसित रहेको यो विषम परिस्थिमा मकाउमा यो बर्ष पनी सामान्य भूमि पुजा र विधिवत रुपमा सामान्य साकेला शीली प्रदशन गरेर उभौली साकेला चाड मनाएका हुन्।

    कोराना महामारीको कारणले गर्दा गत वर्ष पनि उभौली र उधौली साकेला चाड इनडोरमा सामान्य रुपले भूमि पुजा गरेर मनाएका किरात राई यायोक्खा मकाउले यस बर्ष पनी सामान्य रुपले विधिवत रुपमा आफ्नो परम्परालाई निरन्तरता दिएको किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राईले हिमाली संचारसंगको कुराकानीमा बताए।

    मकाउमा गठीत विभिन्न जातिय संस्थाका प्रतिनिधि, गैर आबासीय नेपाली संधका अध्यक्ष पूर्ण बहादुर गुरुङ लगायदका उपस्थितिमा किरात राई यायोक्खा मकाउले आफ्नो परम्परालाई निरन्तरता दिएको किरात राई यायोक्खा मकाउका अध्यक्ष राईले बताए। कोराना महामारीका कारण विश्वमा रहेका किरात समुदायले आफ्नो चाड धुमधामका साथ मनाउन सकिरहेका छैनन्। 

    किरात समुदायका राई, लिम्बु, याक्खा, सुनुवार लगायदका जातिले विशेष गरेर देवस्थल, भूम्याथान र पवित्रस्थलहरुमा मुन्धुमी नक्छोले विधिवत रुपमा आफ्नो मुन्धुम अनुसार पुजा गरी मनाउने परम्परा रहेको छ। उभौली र उधौली चाड पछिल्लो समय युवा पुस्ताको छुट्टै आकर्षण रहेको छ।  

    त्यस्तै, किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका अध्यक्ष दिवस राईका अनुसार ‘विगतका वर्षमा हामीले बृहत् भेला गरेर पूजाआजा गर्थ्यौं,’ गत वर्ष पनि सम्भव भएन । संस्थाका पुजारी प्रेमबहादुर राईसहित सीमित व्यक्तिहरुको उपस्थितिमा विधिवत रुपमा ललितपुरको हात्तीवनस्थित किरात माङहिम देवस्थलमा भूमि पूजा गरेर मनाएका छन्। 

    किराती समुदायले वैशाख पूर्णिमा उभौली चाडलाई आ-आफ्नो भाषामा साकेला, चासोक, फोलस्यादर, चासोक तङ्नाम भन्दछन् । बर्षको एक दिन धर्तीलाई खनजोत बन्द गरेर भूमि पुज्ने किराती समुदायले नयाँ अन्नबाली सप्रियोस्, प्रकृति र पर्यावरण अनुकूल बनोस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहेको छ। त्यस्तै, अन्नबाली पाकेपछि नयाँ अन्नबाली कुलपितृलाई चढाएर मंसिर पूर्णिमामा उधौली चाड मनाउने प्रचलन रहेको छ ।

    नेपाल सरकारले २०५८ सालमा उधौली र उभौली तिथिलाई ‘किरात चाड’ घोषणा गर्दै सार्वजनिक बिदा दिएको थियो । तर पछिल्लो समय उधौली-उभौली साकेला चाडको बिदा कटौती गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...