News Portal

मकाउमा उभौली साकेला चाड सामान्य भूमि पुजा गरेर सम्पन्न

हिमालीसंचार संवाददाता
८२९ पटक

मकाउ – मकाउमा किरात समुदायले यो बर्ष पनी सामान्य भूमि पूजा गरेर बुधबार उभौली साकेला चाड मनाएका छन् । विश्वमा कोराना भाइरस महामारीको दोस्रो लहरका कारण अझै विश्व त्रसित रहेको यो विषम परिस्थिमा मकाउमा यो बर्ष पनी सामान्य भूमि पुजा र विधिवत रुपमा सामान्य साकेला शीली प्रदशन गरेर उभौली साकेला चाड मनाएका हुन्।

कोराना महामारीको कारणले गर्दा गत वर्ष पनि उभौली र उधौली साकेला चाड इनडोरमा सामान्य रुपले भूमि पुजा गरेर मनाएका किरात राई यायोक्खा मकाउले यस बर्ष पनी सामान्य रुपले विधिवत रुपमा आफ्नो परम्परालाई निरन्तरता दिएको किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राईले हिमाली संचारसंगको कुराकानीमा बताए।

मकाउमा गठीत विभिन्न जातिय संस्थाका प्रतिनिधि, गैर आबासीय नेपाली संधका अध्यक्ष पूर्ण बहादुर गुरुङ लगायदका उपस्थितिमा किरात राई यायोक्खा मकाउले आफ्नो परम्परालाई निरन्तरता दिएको किरात राई यायोक्खा मकाउका अध्यक्ष राईले बताए। कोराना महामारीका कारण विश्वमा रहेका किरात समुदायले आफ्नो चाड धुमधामका साथ मनाउन सकिरहेका छैनन्। 

किरात समुदायका राई, लिम्बु, याक्खा, सुनुवार लगायदका जातिले विशेष गरेर देवस्थल, भूम्याथान र पवित्रस्थलहरुमा मुन्धुमी नक्छोले विधिवत रुपमा आफ्नो मुन्धुम अनुसार पुजा गरी मनाउने परम्परा रहेको छ। उभौली र उधौली चाड पछिल्लो समय युवा पुस्ताको छुट्टै आकर्षण रहेको छ।  

त्यस्तै, किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका अध्यक्ष दिवस राईका अनुसार ‘विगतका वर्षमा हामीले बृहत् भेला गरेर पूजाआजा गर्थ्यौं,’ गत वर्ष पनि सम्भव भएन । संस्थाका पुजारी प्रेमबहादुर राईसहित सीमित व्यक्तिहरुको उपस्थितिमा विधिवत रुपमा ललितपुरको हात्तीवनस्थित किरात माङहिम देवस्थलमा भूमि पूजा गरेर मनाएका छन्। 

किराती समुदायले वैशाख पूर्णिमा उभौली चाडलाई आ-आफ्नो भाषामा साकेला, चासोक, फोलस्यादर, चासोक तङ्नाम भन्दछन् । बर्षको एक दिन धर्तीलाई खनजोत बन्द गरेर भूमि पुज्ने किराती समुदायले नयाँ अन्नबाली सप्रियोस्, प्रकृति र पर्यावरण अनुकूल बनोस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहेको छ। त्यस्तै, अन्नबाली पाकेपछि नयाँ अन्नबाली कुलपितृलाई चढाएर मंसिर पूर्णिमामा उधौली चाड मनाउने प्रचलन रहेको छ ।

नेपाल सरकारले २०५८ सालमा उधौली र उभौली तिथिलाई ‘किरात चाड’ घोषणा गर्दै सार्वजनिक बिदा दिएको थियो । तर पछिल्लो समय उधौली-उभौली साकेला चाडको बिदा कटौती गरेको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...