News Portal

माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

२५२ पटक

काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग बढ्दै जाँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी र केन्द्रीय समिति विघटन गरी मंसिरमा विशेष महाधिवेशन गर्ने घोषणा गरे। तर, त्यसैबीच उनले एकीकृत समाजवादीसहित नौ दलसँग एकता प्रक्रिया अघि बढाएपछि असन्तुष्ट नेताहरूले छुट्टै बाटो समातेका छन्।

पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की र अञ्जना विशुंखेललगायत नेताहरूले माओवादी केन्द्र परित्याग गर्दै ‘प्रगतिशील अभियान नेपाल’ नामक नयाँ राजनीतिक अभियान सुरु गरेका छन्। उनीहरूले प्रचण्डले नेतृत्व परिवर्तन टार्न र आफ्नो पद जोगाउन एकताको नाममा नाटक गरेको आरोप लगाएका छन्।

यसैबीच प्रचण्डको नेतृत्वमा नौ घटक मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ नामक नयाँ संगठन बनाउने तयारी भएको छ। यसमा माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी), चिरन पुन समूह र गोपाल किरातीको देशभक्त समाजवादी मोर्चा समेत सहभागी हुनेछन्।

दश वर्षे जनयुद्धपछि खुला राजनीतिमा आएको माओवादी केन्द्र पटक–पटक फुट्दै आएको इतिहास दोहोरिएको छ। यसअघि बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि अलग संगठन गठन गरेका थिए। २०७५ सालमा एमालेसँग मिलेर बनेको नेकपा पनि सत्ता–संघर्षकै कारण टुटेको थियो।

जनार्दन शर्मा समूहको यसपटकको विद्रोहसँगै माओवादी केन्द्र पुनः विभाजनको अवस्थामामा पुगेको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...