News Portal

माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

१२५ पटक

काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग बढ्दै जाँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी र केन्द्रीय समिति विघटन गरी मंसिरमा विशेष महाधिवेशन गर्ने घोषणा गरे। तर, त्यसैबीच उनले एकीकृत समाजवादीसहित नौ दलसँग एकता प्रक्रिया अघि बढाएपछि असन्तुष्ट नेताहरूले छुट्टै बाटो समातेका छन्।

पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की र अञ्जना विशुंखेललगायत नेताहरूले माओवादी केन्द्र परित्याग गर्दै ‘प्रगतिशील अभियान नेपाल’ नामक नयाँ राजनीतिक अभियान सुरु गरेका छन्। उनीहरूले प्रचण्डले नेतृत्व परिवर्तन टार्न र आफ्नो पद जोगाउन एकताको नाममा नाटक गरेको आरोप लगाएका छन्।

यसैबीच प्रचण्डको नेतृत्वमा नौ घटक मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ नामक नयाँ संगठन बनाउने तयारी भएको छ। यसमा माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी), चिरन पुन समूह र गोपाल किरातीको देशभक्त समाजवादी मोर्चा समेत सहभागी हुनेछन्।

दश वर्षे जनयुद्धपछि खुला राजनीतिमा आएको माओवादी केन्द्र पटक–पटक फुट्दै आएको इतिहास दोहोरिएको छ। यसअघि बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि अलग संगठन गठन गरेका थिए। २०७५ सालमा एमालेसँग मिलेर बनेको नेकपा पनि सत्ता–संघर्षकै कारण टुटेको थियो।

जनार्दन शर्मा समूहको यसपटकको विद्रोहसँगै माओवादी केन्द्र पुनः विभाजनको अवस्थामामा पुगेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...