News Portal

“हाट बजार” एप किसान र उपभोक्तालाई उपयोगी एप सार्वजनिक

हिमालीसंचार संवाददाता
८७० पटक

रामप्रसाद ढुंगेल – कृषिप्रधान देश नेपालमा किसानहरुको उत्पादनलाई सिधै उपभोक्तासमक्ष पुर्‍याउने उदेश्यले एक एप सार्वजनिक गरिएको छ । ‘हाट बजार’ नामको यो एपका माध्यमबाट किसानले आफ्नो उत्पादनको मुल्य आफै तोकेर बिक्री गर्न पाउने र उपभोक्ताले पनि बिचौलियाबिना सस्तोमा सामग्री पाउने यसका परिकल्पनाकार द्रोणजंग श्रेष्ठले बताएका छन् । 

गाँउमा कृषकको उत्पादनले बजार नपाएको र शहरमा व्यापारी तथा उपभोक्ताले सिधै किसानबाट उत्पादित सामान खरिद गर्न नपाउँदा कृषिजन्य सामानहरू महँगो परेको परिप्रेक्ष्यमा यो एपका माध्यमबाट किसान तथा उपभोक्ता दुबै पक्षले लाभ लिन सक्ने दाबी श्रेष्ठको छ ।

देशको अर्बौँ रुपैयाँ कृषिजन्य आयतमा बाहिरिएको यथार्थलाई अवस्थालाई केही भए पनि सुधार गर्न हातहातमा हुने मोबाइलबाट निशुल्क रुपमा क्रेता र बिक्रेतालाई जोड्ने मोबाइल एप “हाट बजार” – “Hat Bazar”  विकास गरिएको ट्राभहित डटकमका संचालक समेत रहेका श्रेष्ठले जानकारी दिएका छन् ।

यस हाट बजार “Hat Bazar” एप’मा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफै तोक्न सक्नेछन् ।  आफ्नो उत्पादन सम्बन्धि सबै  विवरणहरू जस्तै फोटो, मूल्य, स्थान, सामानको गुणहरू, डेलिभेरी सुविधा आदि खुलाई एपमा नि:शुल्क प्रचार गर्न सक्छन् । यसरी किसानले बिक्रीमा राखेको सामान क्रेताले आफूलाई आवश्यक  गुणस्तर हेरेर, मोलमोलाइ गरेर, ठिक लागेमा सिधा किसानबाटै खरिद गर्न सकिने छन् । 

किसानहरूले आफ्नो उत्पादन जस्तै, धान, मकै, गहुँ, तरकारी, फलफूल, मरमसला, मासु, पशु पन्छी, माछा, बिउ, घरेलु उत्पादन, नर्सरी, कृषि सामाग्री र खेतीको लागि जग्गा भाडामा लिन दिन परेमा नि:शुल्क यो एपमा बेच्न राख्न सकिन्छ । कृषकले बेच्न राखेका सामानहरू तुरुन्त सबै हाट बजार एप प्रयोग कर्ताहरूलाई ‘कस्ले के बेच्न राख्यो’ भनेर नोटिफिकेसन जान्छ र यसले कृषकको सामान छिटो बेच्न मद्दत पुग्ने विश्वास लिइएको छ । 

जुम्लामा भएको स्याउ कसैले यस एपमा बेच्न राखेमा उक्त सूचना हाट बजार एप प्रयोगकर्तामा पुग्ने भएकोले स्याउको उचित मूल्य पाउने तथा छिटो बिक्री हुने सम्भावना हुन्छ। श्रेष्ठको भनाई रहेको छ। 

हाट बजार एपको प्रयोगकर्ताहरुले आफूलाई चाहिएको सामानहरू माग गर्न सक्छन, जस्तै, भैंसी किन्न चाहियो, २० केजी टिमुर चाहियो । तरकारीबालीको लागि खेत भाडामा चाहियो, ट्याक्टर भाडामा लिन–दिन आदि कामहरुको लागि यो एप उपयोगी हुने विस्वास श्रेष्ठको रहेको छ । जस्ले गर्दा समय, यातायातको खर्चमा बचत भई व्यापार-व्यावसाय बढाउन सकिन्छ । 

यो एपमार्फत किन्ने र बेच्नेहरु नै एक आपसमा सिधै सम्पर्क गरेर कारोबार गर्ने भएकोले, गुणस्तर र मूल्य आफैले तय गरेर पूर्ण भरोसाका साथ लेनदेन गर्न सक्छन् । अरु कसैलाई बिचमा कमिसन पनि दिन नपर्ने भएकोले यो एपको भरपूर प्रयोग गरेर फाईदा लिन सकिनेछ । नेपालको कृषिक्षेत्रमा डिजिटल टेक्नोलोजी भित्रिएको छ, अब किसान र व्यापारीहरुले पनि यस टेक्नोलोजीवाट टाडा नबसी समयमा नै यस्को प्रयोग गरी फाईदा लिनुहुनेमा संचालक समुहले विस्वास लिएको छ ।

यस एपमा भएको सामानहरू फिल्टर गरेर हेर्न मिल्ने, बिक्री भएको सामान हटाउन मिल्ने, बिक्रेताको प्रोफाइल बनाउन मिल्ने, कृषि सम्बन्धि समाचार पढ्न, भिडियोहरु हेर्न, एफएमहरु सुन्न र सोसियल मिडियामा पनि शेयर गर्न सकिने जस्ता फिचरहरु राखिएका छन् । 

ट्राभहिल डट कम प्रा. लि. मार्फत  ल्याईएको यो एपले नेपालमा रहेका बेरोजगार तथा स्वरोजगार युवाहरु माझ ‘हामीले उत्पादनमात्र गर्नु पर्ने रहेछ, तुरुन्त बिक्री हुन्छ’ भन्ने विश्वास पर्न गएमा स्वदेशमा नै रोजगार बढ्ने संचालकको दाबी रहेको छ । एन्ड्रोएड र आईओएस दुवै प्लेटफर्ममा उपलव्ध भएकोले नि: शुल्क डाउनलोड गरी चलाउन सकिन्छ । 

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...