
काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी पीडित र स्थानीयवासीले माग पूरा नभएको भन्दै पानी पथान्तरण बन्द गरेका हुन्।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार, स्थानीयले गत वर्ष तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग भएको सम्झौताको कार्यान्वयनको माग गर्दै मुहान क्षेत्रमा पानी बन्द गरेका हुन्। पानी बन्द भएपछि काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकिन पुगेको छ।
सिन्धुपाल्चोक र काभ्रेका चारवटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची कार्यालयमा तालाबन्दीसमेत गरेका थिए। कार्यकारी निर्देशक दासले भने, “आन्दोलनरत पक्षसँग वार्ता गरेर निकास निकाल्ने प्रयास भइरहेको छ।”
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
