News Portal

काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

२६४ पटक

काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी पीडित र स्थानीयवासीले माग पूरा नभएको भन्दै पानी पथान्तरण बन्द गरेका हुन्।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार, स्थानीयले गत वर्ष तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग भएको सम्झौताको कार्यान्वयनको माग गर्दै मुहान क्षेत्रमा पानी बन्द गरेका हुन्। पानी बन्द भएपछि काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकिन पुगेको छ।

सिन्धुपाल्चोक र काभ्रेका चारवटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची कार्यालयमा तालाबन्दीसमेत गरेका थिए। कार्यकारी निर्देशक दासले भने, “आन्दोलनरत पक्षसँग वार्ता गरेर निकास निकाल्ने प्रयास भइरहेको छ।”

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...