News Portal

“माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

२७१ पटक

काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा भएको गोलीकाण्डबारे अनुसन्धान भइरहँदा काठमाडौं प्रहरीका अपरेशन कमाण्डर डीएसपी सुन्दर तिवारीले बिहीबार बयान दिएका छन्।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको छानबिन आयोगसमक्ष बयान दिँदै डीएसपी तिवारीले सबै गतिविधि संगठनको नीति र माथिल्लो कमाण्डको आदेशअनुसार मात्रै भएको बताएका छन्। उनले व्यक्तिगत निर्णयमा कुनै कदम नचालेको स्पष्ट पारे।

उनका अनुसार सुरुवातीमा आन्दोलन शान्तिपूर्ण हुने जानकारी पाएपछि सामान्य सुरक्षा व्यवस्था मिलाइएको थियो। तर एभरेष्ट होटल अगाडिको ब्यारिकेड तोडिएर भिड संसद भवनतर्फ अघि बढेपछि मात्रै बल प्रयोग गरिएको हो।

तिवारीका भनाइमा, “पहिलो चरणमा माइकिङ गरेर चेतावनी दिइयो, दोस्रोमा अश्रुग्यास प्रहार गरियो, र अन्त्यमा मात्रै घुँडामुनि रबरको गोली प्रयोग गरिएको थियो।”

प्रहरीमाथि आक्रमण सुरु भएपछि संसद भवनभित्र रहेको टोलीले गोली चलाउँदा मानवीय क्षति भएको उनले स्वीकृति दिएका छन्। तर ती प्रहरी काठमाडौं जिल्ला परिसरका नभई अन्य युनिटका भएको संकेत पनि दिएका छन्।

उनले जोड दिए, “जिल्ला प्रहरीको कार्यक्षेत्र संसद भवनसम्म छैन। हाम्रा टोलीले आफ्नो जिम्मेवारीभित्र रहेर मात्र काम गरेका हुन्।”

तिवारीले थपे, आदेशहरू प्रायः सञ्चार सेट र मोबाइलमार्फत आएका थिए। ती सबै सञ्चार रेकर्डहरू उपत्यका प्रहरी कन्ट्रोल रुममा सुरक्षित रहेको र त्यसले उनका भनाइ प्रमाणित गर्ने विश्वास उनले व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...