News Portal

विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको संकेत, संयुक्त विज्ञप्ति आउँदै

२५७ पटक

काठमाडौं, कात्तिक २१ – देशको राजनीतिक अनिश्चितता अन्त्य गर्ने उद्देश्यसहित माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वमन्त्री जनार्दन शर्मा र पूर्वमहासचिव घनश्याम भूसालबीच नयाँ सहकार्यको पहल भएको छ।

शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवासमा तीन नेताबीच भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वामपन्थी दलबीचको सम्बन्ध र सहकार्यको सम्भावना बारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ।

भेटपछि भूसालले मुलुकको आवश्यकता अनुसार सहकार्यलाई मजबुत बनाउने सहमति भएको बताए। उनले भने, “हामीबीच पहिले पनि सहकार्य थियो, अहिले त्यसलाई थप सुदृढ बनाउँदैछौं। तर यसलाई पार्टी एकीकरण भनेर भ्रम फैलाउन नहुनेछ।”

जनार्दन शर्माले युवाहरूलाई एकताबद्ध गर्न ‘प्रगतिशील अभियान नेपाल’ को नाममा नयाँ अभियान सञ्चालन गरिरहेको बताए भने भूसालले पनि एकीकृत समाजवादीबाट अलग भएका कार्यकर्ताहरूलाई पुनः एकजुट गर्ने तयारीमा रहेको स्पष्ट पारे।

यसैबीच, विप्लवले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित र्‍यालीमा सच्चा कम्युनिष्ट शक्तिहरूबीच एकता र अन्तरिम सरकार गठनको माग अघि सारेका थिए।

तीन नेताबीचको शुक्रबारको भेटपछि सहकार्यबारे संयुक्त विज्ञप्ति आजै जारी हुने तयारी गरिएको छ। राजनीतिक वृत्तले यो कदमलाई वाम शक्तिहरूबीच नयाँ राजनीतिक पुनर्संयोजनको संकेतका रूपमा लिएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...