News Portal

विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको संकेत, संयुक्त विज्ञप्ति आउँदै

१२८ पटक

काठमाडौं, कात्तिक २१ – देशको राजनीतिक अनिश्चितता अन्त्य गर्ने उद्देश्यसहित माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वमन्त्री जनार्दन शर्मा र पूर्वमहासचिव घनश्याम भूसालबीच नयाँ सहकार्यको पहल भएको छ।

शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवासमा तीन नेताबीच भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वामपन्थी दलबीचको सम्बन्ध र सहकार्यको सम्भावना बारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ।

भेटपछि भूसालले मुलुकको आवश्यकता अनुसार सहकार्यलाई मजबुत बनाउने सहमति भएको बताए। उनले भने, “हामीबीच पहिले पनि सहकार्य थियो, अहिले त्यसलाई थप सुदृढ बनाउँदैछौं। तर यसलाई पार्टी एकीकरण भनेर भ्रम फैलाउन नहुनेछ।”

जनार्दन शर्माले युवाहरूलाई एकताबद्ध गर्न ‘प्रगतिशील अभियान नेपाल’ को नाममा नयाँ अभियान सञ्चालन गरिरहेको बताए भने भूसालले पनि एकीकृत समाजवादीबाट अलग भएका कार्यकर्ताहरूलाई पुनः एकजुट गर्ने तयारीमा रहेको स्पष्ट पारे।

यसैबीच, विप्लवले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित र्‍यालीमा सच्चा कम्युनिष्ट शक्तिहरूबीच एकता र अन्तरिम सरकार गठनको माग अघि सारेका थिए।

तीन नेताबीचको शुक्रबारको भेटपछि सहकार्यबारे संयुक्त विज्ञप्ति आजै जारी हुने तयारी गरिएको छ। राजनीतिक वृत्तले यो कदमलाई वाम शक्तिहरूबीच नयाँ राजनीतिक पुनर्संयोजनको संकेतका रूपमा लिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...