News Portal

कालीगण्डकीको ड्याममा माछाका भुरा छाडियो

हिमालीसंचार संवाददाता
४६२ पटक

स्याङ्जा — माझी समुदायको आयआर्जन र जीवनस्तर अभिवृद्धिमा सहयोग पुर्‍याउन र वातावरणीय सन्तुलन कायम गर्ने भन्दै कालीगण्डकी ए जलविद्युत परियोजनाले आफ्नै ड्याममा ३ लाख ८२ हजार ५ सय माछाका भुरा छाडेको छ । केन्द्रले आफ्नो रिजभ्र्वायर क्षेत्रभित्रको कालीगण्डकी नदीमा पहिलोपटक भुरा छाडेको हो । कालीगण्डकी परियोजनाबाट प्रभावित ३५ घरधुरी रहेका माझी समुदायलाई लक्षित गर्दै भुरा छाडेको परियोजनाका लेखा अधिकृत पर्शुराम पाण्डेले जानकारी दिए ।

१ लाख १२ हजार ५ सय गर्दी, १ लाख १२ हजार ५ सय हाडे र एक लाख ५७ हजार ५ सय ठेड जातका माछाका भुरा छाडेको उनले बताए । वार्षिक ४० लाख रुपैयाँ बराबरका ८ लाख भुरा नदीमा छाड्ने जलविद्युत् केन्द्रको लक्ष्यअनुसार पहिलो चरणमा आधा छाडेको र आगामी जेठमा आधा भुरा नदीमा छाड्ने उनले बताए । कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले यसभन्दा पहिला नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले माछाका भुरा छाड्दै आएको बताए ।

नार्कले भुरा छाड्न छोडेपछि जलविद्युत्ले निरन्तरता दिएको उनले बताए । अध्यक्ष थापाका अनुसार यस क्षेत्रका माझी समुदायको मुख्य पेसा नै माछा व्यवसाय हो । ड्याममा माछा मार्ने र बिक्री गरेर नै गुजारा चलाउदै आएको उनले बताए ।

 

प्रतिकृया दिनुहोस्

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...