News Portal

कालीगण्डकीको ड्याममा माछाका भुरा छाडियो

हिमालीसंचार संवाददाता
४४१ पटक

स्याङ्जा — माझी समुदायको आयआर्जन र जीवनस्तर अभिवृद्धिमा सहयोग पुर्‍याउन र वातावरणीय सन्तुलन कायम गर्ने भन्दै कालीगण्डकी ए जलविद्युत परियोजनाले आफ्नै ड्याममा ३ लाख ८२ हजार ५ सय माछाका भुरा छाडेको छ । केन्द्रले आफ्नो रिजभ्र्वायर क्षेत्रभित्रको कालीगण्डकी नदीमा पहिलोपटक भुरा छाडेको हो । कालीगण्डकी परियोजनाबाट प्रभावित ३५ घरधुरी रहेका माझी समुदायलाई लक्षित गर्दै भुरा छाडेको परियोजनाका लेखा अधिकृत पर्शुराम पाण्डेले जानकारी दिए ।

१ लाख १२ हजार ५ सय गर्दी, १ लाख १२ हजार ५ सय हाडे र एक लाख ५७ हजार ५ सय ठेड जातका माछाका भुरा छाडेको उनले बताए । वार्षिक ४० लाख रुपैयाँ बराबरका ८ लाख भुरा नदीमा छाड्ने जलविद्युत् केन्द्रको लक्ष्यअनुसार पहिलो चरणमा आधा छाडेको र आगामी जेठमा आधा भुरा नदीमा छाड्ने उनले बताए । कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले यसभन्दा पहिला नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले माछाका भुरा छाड्दै आएको बताए ।

नार्कले भुरा छाड्न छोडेपछि जलविद्युत्ले निरन्तरता दिएको उनले बताए । अध्यक्ष थापाका अनुसार यस क्षेत्रका माझी समुदायको मुख्य पेसा नै माछा व्यवसाय हो । ड्याममा माछा मार्ने र बिक्री गरेर नै गुजारा चलाउदै आएको उनले बताए ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...