News Portal

प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

३४५ पटक

रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण कोठामा बस्न बाध्य छन्। बजारको मुख्य भागमा रहेको यो कार्यालय विगत ३४ वर्षदेखि क्षेत्रका जनताको जिउधनको सुरक्षा र शान्तिका लागि अहोरात्र खटिरहेको छ।

जनताको सुरक्षाका लागि खटिएका प्रहरीहरू आफैं अहिले सटरभित्र रहेको असुविधाजनक कोठामा बस्न बाध्य छन्। पुरानो भवन बेकामे भएपछि प्रदेश सरकारले पहिलो किस्ताको रुपमा ५१ लाखको लागतमा नयाँ भवन निर्माण कार्य सुरु गरेको थियो, तर हाल भवनको जगमात्र तयार गरेर छोडिएको छ।

हाल प्रदेश सरकारले ईलाका प्रहरी कार्यालय दोहमना, प्रहरी चौकी अमरदह र बल्डुङ्गा प्रहरी चौकीको नयाँ भवन निर्माण कार्य सुरु गरेको भए पनि जग मात्र तयार पारिएको र कार्य अब बेवारिसे अवस्थामा छ।

दोहमना प्रहरीले बनकोल, फर्सिडागी, बेलचोक, दर्वेशा, बटरवारी लगायतका स्थानमा शान्ति सुरक्षा व्यवस्था गर्दै आएको छ। विगतमा २३ जनाको दरबन्दी रहेको भए पनि अहिले कार्यलयमा ७ जना मात्र शान्ति सुरक्षा प्रदान गर्दैछन्।

पुरानो एकतले पक्की भवनको छत वर्षौंदेखि चर्किएपछि सरकारले नयाँ निर्माण सुरु गरेको थियो, तर पुनः उक्त भवनमा थप बजेट नपठाउँदा निर्माण कार्य बन्द भएको छ। सम्बन्धित निकायले समयमा ध्यान दिएर प्रहरीहरुको बसोबासका लागि भवन निर्माण चाँडै सुरु गर्न आवश्यक देखिन्छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...