News Portal

रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

१५१ पटक

काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै पार्टीले देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्।

चितवनको सौराहामा शुक्रबारदेखि जारी पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब पार्टीले सक्रियतापूर्वक तयारी अघि बढाउनुपर्ने बताएका छन्। उनले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने मिति तोकिएको स्मरण गराउँदै अब निर्वाचन तयारीमा कुनै ढिलाइ नगरी योजना, विचार र सिद्धान्तमा आधारित काम गर्नुपर्नेमा जोड दिएका छन्।

डा. वाग्लेले भने, “हामीले अब कम्तीमा १ सय २० दिनभन्दा कम समयमै निर्वाचन तयारीमा जुट्नुपर्छ। जनतालाई प्रेरित गर्न र नेतृत्व सम्हाल्न रास्वपा तयार छ।”

उहाँले बैठकमा पार्टीका सबै नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनका लागि एकजुट भएर लाग्न पनि निर्देशन दिनुभएको छ।

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...