News Portal

धुर्मुससुन्तलीले चितवनमा बनाउने क्रिकेट रंगशाला

हिमाली संचार संवाददाता
७८६ पटक

चितवन – ‘धुर्मुस-सुन्तली फाउण्डेसन’ले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महागरपालिकाले २० बिघा जग्गा उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाको कार्यकारी बैठकले चितवनको भरतपुर महानगरपालिका-१६ स्थित हाल कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) ले भोग चलन गरेको ४० बिघामध्ये २० बिघा रंगशाला निर्माणका लागि दिने औपचारिक निर्णय गरेको हो । धुर्मुस-सुन्तली फाउण्डेसनको प्रस्तावअनुसार जग्गा उपलब्ध गराउने निर्णय गरेको मेयर रेनु दाहालले जानकारी दिइन् ।

रंगशाला निर्माणमा प्रयोग हुने जग्गाको सट्टाभर्ना विश्वविद्यालयलाई दिने योजना महानगरको छ ।

विश्वविश्वद्यालयको १५ विघा जग्गा वडा नम्बर २० मा रहेको भीमदेवी आधारभूत विद्यालयलाई भोगचलन गर्न दिने र बाँकी ५ बिघा छिट्टै ठाउँ हेरेर दिने मेयर दाहालले बताइन् । शुक्रबार बस्ने रामपुर विश्वविद्यालयको सिनेट बैठकले आफू मातहतको जग्गा क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गर्ने उनको भनाइ छ ।

तीन महिनाअघि फाउण्डेसनले भरतपुर महानगरलाई रंगशाला बनाउनका लागि प्रस्ताव गरेको थियो ।

धुर्मुस-सुन्तली फाउन्डेसनको प्राविधिक टोली त्यहाँ पुगेर जग्गाको प्राविधिक पक्ष विश्लेषण गरेको थियो । रंगशाला निर्माण नेपाल सरकार, भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनको त्रिपक्षीय समन्वयमा गर्ने योजना छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...