News Portal

नेपाल सेमिफानइलबाट बाहिरियो, मालदिभ्ससँग ३–० गोलले पराजित

हिमाली संचार संवाददाता
८८३ पटक

बंगलादेशमा  जारी दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ । यो सँगै नेपाल च्याम्पियनसिपबाट बाहिरिएको छ ।

मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका कप्तान एक्रम अब्दुल घानीले करिब २० यार्ड टाढाबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको हो ।

पहिलो हाफको अन्त्यतिर नेपालका कप्तान भरत खवासले खाली पोष्टमा नि गोल गर्न सकेनन । गोलरक्षकले बल फुत्काएपछि बनेको अवसरमा भरतले गोल लाइन नजिकैबाट प्रहार गरेपनि फ्रेमभित्र परेन ।

त्यस्तै खेलको ८४ औं मिनेटमा मालदिभ्सका खेलाडी इब्राहम हवाद हसानले ८४ औं मिनेटमा दोस्रो गोल गरेका थिए । उनै इब्राहमले २ मिनेटमा अर्को गोल गर्दै मालदिभ्सलाई जितको सुनिश्चित गरे ।

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा अहिलेसम्म पुग्न सकेको छैन । मालदिभ्स भने एकपटकको विजेता, तीनपटकको उपविजेता र पाँचपटकको सेमिफाइनलिस्ट हो ।

यसअघि समूहगत चरणमा नेपालले पाकिस्तानसँग २–१ गोलले हारेको थियो भने भुटानलाई ४–० र बंगलादेशलाई २–० गोलले हराएको थियो ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...