News Portal

कर्णाली प्रदेशस्तरीय खुला पुरूष भलिबलको उपाधि चुलीयुवा क्लबको पोल्टामा

हिमाली संचार संवाददाता
८९२ पटक

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुलीयुवा क्लव, मटेलाले जितेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा चुलीले फाइनलमा रुकुमको टिमलाई पराजित गर्दै उपाधि जितेको हो । रुकुम उपविजेता बन्यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि चुलीकै बिजय बस्नेत घोषित भएका छन् । चुलीले ५० हजार ५५५ नगदसहित मेडल र प्रमाणपत्र हात पारेको छ ।

सेमिफाइनलमा सशस्त्रलाई पराजित गर्दै चुलीले फाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा उपविजेता रुकुमले नगद २५ हजार ५५५, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा सशस्त्रको टिम तेस्रो भयो ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...