News Portal

राखेपको कार्यवाहक सदस्य सचिवमा ढकाल

हिमाली संचार संवाददाता
६८० पटक

२०७७ असार २२, सोमबार
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यवाहक सदस्य सचिवमा सुर्खेतका भक्तबहादुर ढकाल नियुक्त हुनुभएको छ।

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विभाग महाशाखा प्रमुख ढकाललाई आज कार्यवाहकको जिम्मेवारी दिएको हो।

असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्य सचिवको जिम्मेवारी दिइएको हो।

राष्ट्रिय खेलकुद विकास ऐन अनुसार अर्को व्यवस्था नभएसम्म तत्कालका लाागि राखेपको सदस सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

पाँच दिन अघि नयाँ खेलकुद विकास ऐन लागू भएसँगै राखेपको सदस्य सचिव पद खाली रहेको थियो। नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ।

मन्त्रीपरिषद्ले उपयुक्त ठानेको ब्यक्तिलाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नेछ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...