News Portal

पुर्वएमालेबाट निर्वाचित वडाध्यक्षले गरे यस्तो हर्कत !

हिमाली संचार संवाददाता
२०६६ पटक
२०७७ जेठ २८, बुधबार

सिम्ता – पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र सिंह ठकुरीले मंगलबार उद्योग बाणिज्य संघ सुर्खेतका उपाध्यक्ष हर्षबिक्रम खड्कासहित कांग्रेस नेता बिरेन्द्र रावत, बिद्यार्थी नेता मोहन राना, कांग्रेस गाउँकार्यसमिति सिम्ताको महिला सचिब स्वस्तिका बुढाथोकीलगायत अन्य व्यवसायीहरु लालबहादुर सिंह ठकुरी, मनोहर उपाध्याय र रितु रानाको टोलिमाथि हातपात गरेका थिए।

पुर्वएमालेबाट निर्वाचित वडाध्यक्षले गरिबलाई राहत बाडिरहेका ब्यक्तिहरुलाई दुर्ववहार गरेको समाचार प्रकाशित भएदेखि सो समाचार सेयर गरेका केहि व्यक्तिहरुलाई साईबर क्राईम मुद्दा हालेर थुनिदिने भन्दै राजनीतिक शक्तिको आडमा धम्क्याएको बुझिएको छ।

कम्युनिस्ट वडाध्यक्ष सिंहले राजनीतिक शक्तिको आडमा खुलेयाम दादागिरी शैलीमा समाचार सेयर गर्ने बिदेशमा रहेका व्यक्तिहरुलाई समेत धम्की दिएको बुझिएको छ। ति व्यक्तिहरुले भने वडाध्यक्षले समाचार किन सेयर गरेको भन्दै आफुलाई म्यासेज गरेको बताएका छन्।

त्यस्तै उनले स्वस्तिका बुढाथोकीलगायत अर्का एक पुर्व माओवादीका कार्यकर्ता बिरेन्द्र बस्याललाई समेत समाचार सेयर गरेको भन्दै हटाऊन दबाब दिएको बताईएको छ। बुढाथोकीको घरमा वडाध्यक्षले बुधबार बिहानै प्रहरी पठाएको र उनि घर बाहिर भएकोले प्रहरी फर्किएको उनले जानकारी दिईंन।

साथै सो घटनाको भिडियो खिच्ने क्रममा मोबाइल समेत वडाध्यक्ष सिंहले कब्जामा लिएका थिए। राहत वितरण गर्न आएको सो टोलीले सिम्ता गाउँपालिकाको ९ वटै वडामा राहत वितरण गर्ने तयारीमा राकमबाट सुरु गर्न लागेको थियो।

वडाध्यक्ष सिंह नसच्चिए नेपाल तरुणदल सुर्खेतले कडा कदम चाल्ने अध्यक्ष हरी बिष्टले बताए। उनले भने, निर्वाचित वडाध्यक्षले गरिबलाई राहत बाडिरहेका ब्यक्तिहरुलाई असभ्य शैलीमा गालीगलोज गर्नु, लछारपछार गर्न तम्सिनु आफैमा लज्जास्पद बिषय भएको बताएका छन्।

वडाध्यक्ष सिंहले दादागिरी शैलीमा राहत वितरण गर्न आफ्नो वडामा आएका उनिहरुलाई हातपात गर्नुका साथै असभ्य शैलीमा गालीगलोज गर्दै दुर्ववहार गरेका थिए। सिम्ता गाउँपालिकामा पुर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्षमा छन्।

यो पनि पढनुहोस।

कम्युनिस्ट वडाध्यक्षले उद्योग बाणिज्य संघ सुर्खेतका पदाधिकारीलाई गरे दुर्ववहार

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...