News Portal

कम्युनिस्ट वडाध्यक्षले उद्योग बाणिज्य संघ सुर्खेतका पदाधिकारीलाई गरे दुर्ववहार

हिमाली संचार संवाददाता
३०४२ पटक
२०७७ जेठ २७, मंगलबार

सुर्खेत (सिम्ता) – जनताबाट प्रत्यक्ष निर्वाचित एक कम्युनिस्ट वडाध्यक्षले राहत बाडिरहेका ब्यक्तिहरुलाई दुर्ववहार गरेका छन।

सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका वडा नम्बर ६ राकमका वडाध्यक्ष राजेन्द्र सिंह ठकुरीले दादागिरी शैलीमा राहत वितरण गर्न गएका उद्योग बाणिज्य संघ सुर्खेतका पदाधिकारीहरुलाई हातपात गर्नुका साथै असभ्य शैलीमा गालीगलोज गर्दै दुर्ववहार गरेका हुन।

उद्योग बाणिज्य संघ सुर्खेतका उपाध्यक्ष हर्षबिक्रम खड्कासहित बिरेन्द्र रावत, मोहन राना, स्वस्तिका बुढाथोकी, लालबहादुर सिंह ठकुरीलगायत मनोहर उपाध्याय र रितु रानाको टोलिमाथि वडाध्यक्ष सिंहले हातपात गरेको बताईएको छ।

राहत वितरण गर्न आएको सो टोलीले सिम्ता गाउँपालिकाको ९ वटै वडामा राहत वितरण गर्ने तयारीमा राकमबाट सुरु गर्न लागेको थियो।

तर राकमका वडाध्यक्ष सिंहले हातपात मात्रै गरेनन आफ्नै नातेदार लालबहादुर सिंह ठकुरीलाई कुटपिट गर्न तम्सिएपछि होहल्ला हुदा अन्य कम्युनिष्ट कार्यकर्ताहरु आएर लछारपछार गर्नुका साथै सो घटनाको भिडियो खिच्ने क्रममा मोबाइल समेत वडाध्यक्ष सिंहको कब्जामा रहेको बुझिएको छ।

वडाध्यक्ष सिंहले राजनीतिक शक्तिको आडमा खुलेयाम दादागिरी गर्दै राहत वितरण गर्न राकममा आएका अन्य व्यक्तिहरुलाई समेत धम्की दिने गरेका छन।

आफ्नै वडामा गरिबहरुलाई राहत वितरण गरिरहदा निर्वाचित वडाध्यक्ष सिंहले किन र के स्वार्थका लागि उद्योग बाणिज्य संघ सुर्खेतका उपाध्यक्ष खड्काको टोलीमाथि दुर्व्यवहार गरे प्रश्न खडा भएको छ।

यो पनि पढ्नुहोस।

पुर्वएमालेबाट निर्वाचित वडाध्यक्षले गरे यस्तो हर्कत, स्थानीय त्रासमा !

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...