News Portal

इटालियन सिरी ए जुन २० देखि फेरि सञ्चालन

हिमाली संचार संवाददाता
७२० पटक
२०२० मे ३०, शुक्रबार

इटाली – कोरोना महामारीका कारण रोकिएको इटालीको फुटबल लिग सिरी ए जुन महिनाको २० तारेखदेखि सुरु हुने भएको छ। इटलीका खेलकुद मन्त्री भिनसेन्जो स्पाडाफोराले २० जुनदेखि लिगका खेलहरु शुरु हुने बताएका हुन्।

कोरोना भाइरस महामारीङ्का कारण ९ मार्च देखि सिरी ए का खेलहरु स्थगित छन्। लिगमा अझै १२ चरणका खेल बाँकी छ। सिरी एका क्लबका खेलाडीहरुले यसै महिनाको सुरुवातमा खेलाडी व्यक्तिगत प्रशिक्षण शुरु गरिसकेका छन् । यसै हप्तादेखि सामूहिक प्रशिक्षण शुरु हुनेछ।

२० मे मा इटालीको फुटबल महासंघले २० अगष्टमा सिरी ए सक्ने गरी नयाँ समयसीमा निर्धारण गरेको थियो। महासंघले शीर्ष तीन वटा डिभिजनको लिग सक्ने लक्ष्यसहित सुरु गर्ने र पुन: सुरु गर्ने वा बन्द गर्ने अवस्थामा प्ले अफको समेत विकल्प तयार गरिएको बताएको छ।

सिरी ए को पुछारको क्लब ब्रेस्कियाका मालिक मासिमो सेलिनोले स्थगित सिजन पुन सुरु गर्ने कदमलाई पागल निर्णय भनेर प्रतिक्रिया दिएका छन्। ‘यो खेलाडीका लागि अति नै हो’ उनले भनेका छन् ‘हामी दुई महिनाबाट अभ्यास रोकेका छौँ। हप्तामा तीन खेल खेल्ने निर्णय खतरनाक छ। जर्मनीको तुलनामा इटलीमा तापक्रम समेत प्रतिकुल छ’ सेलिनोले भने।

सिरी एमा युभेन्ट्स ६३ अंकसहित शीर्ष स्थानमा छ। उसले लिगमा लाजियोसंग एक अंकको अग्रता लिएको छ। इन्टरमिलान ५४ अंक सहित तेस्रो स्थानमा रहेको छ। युरोपको शीर्ष पाँच लिगमध्ये प्रिमियर लिग १७ जुन देखि शुरु गर्ने तयारी छ।

त्यसका लागि क्लबहरु सहमत भए पनि सरकारले अनुमति दिन बाँकी छ। स्पेनिस ला लिगा जुन दोस्रो सातादेखि शुरु गर्ने तयारी भइरहेको छ। जर्मन बुण्डेसलिगा भने क्लोज डोरमा शुरु भइसकेको छ। फ्रेन्च लिग वान रद्द भइसकेको छ। एजेन्सी

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...