News Portal

नेपालद्वारा मलेसिया १९ रनले पराजित

हिमाली संचार संवाददाता
७९५ पटक

काठमाडौं – नेपालले एसिया कप छनोटमा पहिलो जित हात पारेको छ । शनिबार मलेसियाको एक रंगशालामा भएको खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो ।

मलेसियाका लागि अनवार अरुदिन र सहेद अजिजले समान ३४ रन बनाए । त्यस्तै अहमद फेचले २२ तथा विरनदिप सिंहले २१ रन बनाए ।

मलेसियाको ब्याटिङ लाइनअप सखाप पार्ने क्रममा नेपालका बसन्त रेग्मीले सर्धाधिक ३ विकेट लिए ।  सोमपाल कामी र सन्दीप लामिछाने समान २-२ विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरी र सागर पुनले पनि समान १-१ विकेट हात पारे । पानी परेपछि खेल ३० ओभरमा झारिएको थियो ।

यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा १८८ रन बनाएको थियो ।  नेपालका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । शेखले ४८ बलमा ६४ रन बनाए भने ऐरीले ५१ बलमा ५४ रन बनाए । त्यस्तै अनिल शाहले १६, कप्तान पारस खड्का १३ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

मलेसियाका लागि स्यारुल र स्भाभिनले समान ३-३ विकेट लिए । लगातार दुई खेल गुमाएको नेपालले मलेसियालाई हराएपछि एसिया कपमा छनोट हुने सम्भावना जीवितै छ । जसका लागि नेपालले बाँकी खेलमा शतप्रतिशत नतिजा निकाल्दै अन्य देशको खेल प्रदर्शनमा भर पर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...