News Portal

  • लकडाउनका कारण मनकामना सुनसान, केवलकार सेवा पनि बन्द

    हिमाली संचार संवाददाता
    ५३८ पटक
    २०७७ जेठ ४, आईतबार

    गोरखा – भक्तजनको भिड, व्यापारीलाई फूल, प्रसाद बेच्न भ्याइ नभ्याइ होटल व्यवसायीको व्यस्तता उस्तै। सेल्फी हान्नेदेखि फोटो खिचाउनेको जमात उत्तिकै। लकडाउनअघि मनकामनाको अवस्था यस्तै हुन्थ्यो। दैनिक चार हजार भन्दा बढी भक्तजन हुन्थे तर यही ठाउँ अहिले सुनसान छ। लकडाउनका कारण घर भाडामा लिएर होटल र पसल सञ्चालन गर्नेहरु मारमा परेका छन्। ‘घर खर्च टर्ने नै यही होटलबाट हो,’ भाडामा व्यापार गर्दै आएका रजिन थापा मगर भन्छन्, ‘तर लक डाउनले होटल बन्द भएको करिव दुई महिना हुन लाग्यो, पैसा आउने बाटो कतै छैन।’

    लकडाउनका कारण व्यवसायिक रुपमा ठूलो क्षति व्यहोर्नुपरेको स्थानीय व्यापारी मनोज जोशी बताउछन्। ‘यो बैशाख महिना सिजनको समय हो, यो समयमा यहाँका सबै होटलहरु भरिन्थे, राम्रै आम्दानी हुन्थ्यो तर अहिले न भक्तजन छन् न आम्दानी।’ दैनिक ५० देखि ६० लाख रुपैयाँसम्म कारोबार हुने मनकामनाको व्यापार व्यवसाय अहिले ठप्प रहेको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइ अध्यक्ष हरि श्रेष्ठ बताउँछन्।

    मनकामनामा करिब एक सय भन्दा बढी होटलहरु सञ्चालनमा रहेको बताउँदै उनले भने, ‘होटल व्यवसायी मध्य ३० प्रतिशत बाहिरबाट आएर यहाँ भाडामा व्यवसाय सञ्चालन गरिरहेका छन्, लकडाउनले उहाँहरु थप समस्यामा पर्नुभएको छ।’ भाडामा बस्ने व्यवसायीलाई राहत पुग्ने गरी एक महिनाको भाडा छुट गराउने एजेण्डा अगाडी सारिएको उनले बताए। ‘बन्द अवधिभर भाडा नलिए हुन्थ्यो भन्ने आग्रह भाडामा बस्ने व्यवसायीहरुको छ, त्यसको लागि हामीले घरधनीसँग छलफल अघि बढाएका छौ,’ उनले भने।

    लकडाउनसँगै मनकामना मन्दिरमा भक्तजनलाई पूजाआजामा रोक लगाइएको हो। अहिले बिहान बेलुकी नृत्य पुजा र आतरीका लागि मात्र मन्दिर खेल्ने गरेको पुजारी इन्सान थापा मगर बताउँछन्। ‘लकडाउनअघि बिहान ५ बजेदेखि राति नौ/दश बजेसम्म मन्दिर खुल्थ्यो, भक्तजनको भिड त्यत्तिकै, तर अहिले सुनसान छ, बिहान नित्य पुजा र बेलुकी घाम अस्ताएपछि आरती गर्न मन्दिर खोल्छौं, अरु बेला ढोकामा चावी लाग्छ,’ उनले भने।

    मनकामना केवलकार घाटामा !

    लकडाउनका कारण करौडौ घाटा व्यहोर्नुपरेको मनकामना दर्शन प्रालिले जनाएको छ। दैनिक ३५ सयभन्दा बढी यात्रुको भिड हुने भए पनि अहिले सुनसान रहेको प्रालिका नायव प्रवन्धक डीएन कायस्थले बताए। ‘असोजदेखि असारसम्म मनकामना दर्शन गर्न आउने भक्तजनको चाप हुने सिजन हो,’ उनले भने, ‘तर यही समयमा सेवा बन्द गर्नुपर्‍यो।’

    वैशाख महिनामा दैनिक ९ हजारसम्म यात्रु भएको उनी सम्झन्छन्। कोरोना भाइरसका कारण गत चैत्र ८ गतेबाट केवलकार सेवा बन्द गरिएको हो। सेवा बन्द भए पनि विद्युत महशुलको न्यूनतम शुल्क, प्रशासनिक र कर्मचारी खर्च भइरहेको उनले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...