News Portal

  • ओमनसँग हारेपछि मुख्य प्रशिक्षक टमाटाले भने : टस हार्नु नै दुर्भाग्य

    हिमाली संचार संवाददाता
    ६५२ पटक

    काठमाडौं – बुधबार भएको एसिया कप छनोटको पहिलो खेलमा नेपाल ओमनसँग पराजित भयो । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा टस हार्नु नै नेपाल पराजित हुनुको मुख्य कारण भएको बताउँछन् ।

    ओमनसँग पराजित भएपछि प्रतिक्रिया दिँदै मुख्य प्रशिक्षक टमाटाले भने, ‘जसले टस जित्छ उसले खेल जित्छ । त्यस्तो अवस्था थियो ।’ व्याटिङ सुधारेर थप ३०/३५ रन जोडेको भए पनि दबाब कम हुने उनी बताउँछन् ।

    ‘ब्याटिङमा थप ३०-३५ रन जोड्न सक्थ्यौं, त्यहाँ हामी चुक्यौं । बलिङमा अनुशासन देखिएको छैन । फिल्डिङमा पनि कमजोरी देखियो । आउने खेलमा हामी त्यसलाई सुधार गर्ने छौं’ मुख्य प्रशिक्षक टमाटाले भने ।

    नेपालले आउँदा खेलहरु जित्नका लागि सबै पक्षमा सुधार गर्नुपर्ने प्रशिक्षक टमाटाको भनाइ छ । ‘आउने खेलमा हामीले जित्नका लागि २५०-२६० रन बनाउनै पर्छ । यदि हामीले सुरुमा बलिङ गर्ने हो भने १८० भित्र रोक्नै पर्छ’ उनले भने ।

    बुधबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा नेपाल टस जितेर बलिङ रोज्ने रणनीतिमा थियो । टस ओमनले जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो ।

    नेपालको ब्याटिङ सुरुवात सामान्य नै रह्यो । नेपालले ३१ रन जोड्दा पहिलो विकेटको रुपमा सुवास खकुरेल आउट भए । उनले व्यक्तिगत ४ रनमात्रै जोडेका थिए । त्यसपछि ५६ रन जोड्दा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्का व्यक्तिगत ८ रनमा आउट भए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका सागर पुनले ८३, ओपनर ज्ञानेन्द्र मलले ४५ र आरिफ सेखले ३६ रन जोडेपछि नेपालले २ सय २१ रनको मध्यम योगफल बनाएको थियो ।

    नेपालले दिएको २२२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमनले २ ओभर बाँकी छदै ७ विकेटको क्षतिमा जित हासिल गर्‍यो । बुधबारको खेलमा नेपाली बलरले ओमनको विकेट लिन सकेनन् । यद्यपी कप्तान पारसले भने १ विकेट लिए ।

    पहिलो खेलमा नै नेपाल ओमनसँग पराजित भएपछि अबको यात्रा कठिन बनेको छ । नेपालले प्रतियोगिताको दोस्रो खेलमा भोलि -बिहीबार) युएईको सामना गर्दैछ । त्यस्तै, सेप्टेम्बर १ तारेखमा नेपालले आयोजक मलेसियाको सामना गर्दैछ । सेप्टेम्बर २ तारेखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्ने नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ ।

    प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।

    प्रतियोगिताको विजेताले १५ सेप्टेम्बरदेखि २८ तारिखसम्म युएईमा हुने एसिया कप खेल्न पाउने छ । छनोट प्रतियोगिताबाट छनोट भएको राष्ट्रले समूह ए मा रहेको क्रिकेटको पावर हाउस मानिने भारत र पाकिस्तानको सामना गर्नेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

    काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश...

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...