News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • श्रीलंकामा नेपालको तेस्रो जित

    हिमाली संचार संवाददाता
    ५६८ पटक

    एसिया कप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले आइतबार भएको खेलमा श्रीलंकाको स्थानीय कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो ।

    राजधानी कोलम्बोमा २१७ रनको चुनौती पछ्याएको नेपालले ४२.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । नेपालका कप्तान पारस खड्कासँगै दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए ।

    पारसले ५७ बलमा ५८ रन बनाए । दीपेन्द्रसिंह ऐरीले अविजित ५२ रन बनाए । नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले अविजित २३ र सुवास खकुरेलले २२ रनको योगदान दिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोल्ट्स क्रिकेट क्लबले निर्धारित ओभर सकिन १ बल बाँकी छदा सबै विकेटको क्षतिमा २१६ रन बनाएको थियो । उसका लागि हसन हेवानायकेले ५९ र अयना सिरिवर्दनेले ३६ बनाएका थिए ।

    नेपालका लागि बलिङतर्फ सोमपाल कामीले ३, सागर पुन र करण केसीले समान २-२ विकेट लिए ।

    नेपाली क्रिकेट टिम एसिया कप छनोटमा भाग लिनका लागि भोलि (सोमबार) मलेसिया प्रस्थान गर्दैछ । एसिया कप छनोट क्रिकेट अगष्ट २९ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा हुँदैछ । छनोटमा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमन छन् ।

    नेपालले आफ्नो पहिलो खेल २९ तारिखमा ओमनसँग खेल्दैछ । ३० तारिखमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ भने सेप्टेम्बर १ तारिखमा मलेसियाको सामना गर्दैछ । सेप्टेम्बर २ तारिखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्ने नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ७, २०८२ (मे २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा भव्य स्वागत

    टोकियो, जेठ ६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गैरआवासीय नेपाली संघ (एनआरएनए) का...

    शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ, पीडित युवतीको पहिचान सार्वजनिक गरेको अभियोग

    बुटवल, जेठ ६ – कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी मंगलबार प्रहरीको फन्दामा परेका छन्।...

    पश्चिम नेपालमा भूकम्पको झट्का, कास्की आसपास केन्द्रबिन्दु

    कास्की, जेठ ६ – पश्चिम नेपालका विभिन्न जिल्लामा मंगलबार दिउँसो भूकम्पको झट्का महसुस गरिएको छ।...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ सुरु, लामो समयदेखि ‘हेर्न नमिल्ने’ को दौड टुंगियो

    काठमाडौं , जेठ ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी...