News Portal

नेपालले दोस्रो अभ्यास खेल पनि जित्यो

हिमाली संचार संवाददाता
६७० पटक

मलेसियामा हुने एसिया कप छनोटका लागि श्रीलंकामा प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यहाँ दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ।

शुक्रबार ब्लुमफिल्ड मैदानमा भएको खेलमा नेपालले श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्डमाथि १ सय ७६ रनको फराकिलो जित हात पार्यो। धमिलो प्रकाशको कारण डक वर्थ लुईस (डीएल) नियममा नतिजा निकालिएको थियो। नेपालले ३ सय २४ रनको विशाल लक्ष्य दिएको थियो। ब्लुमफिल्डले ३८ ओभरमा ब्याटिङ गरिरहँदा प्रकाश धमिलो बन्दै गएपछि खेल स्थगित गरी डीएल नियम प्रयोग गरेको थियो। नेपाली बलरमा सागर पुनले सर्वाधिक ३ विकेट लिए भने ललित भण्डारीले २ विकेट हासिल गरेका थिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३ सय २३ रन बनाएको थियो। जसमा दीपेन्द्र सिंह ऐरीले ९५ बलमा १ सय २१ रनको सतकीय इनिङ खेले। त्यस्तै सागरले ८३ बलमा ९२ रन जोडेका थिए। उनीहरूले पाँचौ विकेटका लागि १ सय ८५ रनको साझेदारी गर्दै ८४÷४ को कमजोर स्थितिबाट नेपाललाई उकासेका थिए। शीर्ष चार ब्याटसम्यानमा ओपनरद्वय अनिल साह १७ रन र सुवास खकुरेल ९ रनमा आउट भए। यस्तै कप्तान पारस खड्का २३ रन र रोहित कुमार पौडेल ११ रनमै पवेलियनमा फर्केका थिए।

नेपालले भोलि आइतबार तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्नेछ। नेपाली टोली त्यसपछि मलेसियामा एसिया कप छनोटमा सहभागी हुन जानेछ। प्रतियोगितामा खेल्न वेस्ट इन्डिजमा भइरहेको सीपीएलमा सहभागी सन्दीप लामिछाने सीधै मलेसियातर्फ जानेछन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...