News Portal

अभ्यासका लागि नेपाली क्रिकेट टोली श्रीलंका जाँदै

हिमाली संचार संवाददाता
६१६ पटक

४ भदौ, काठमाडौं – सभामुख कृष्णबहादुर महराले मलेसियामा आयोजना हुने एसीसी कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरेका छन् ।

सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएर मलेसियामा आयोजना हुने एसीसी कप छनौट प्रतियोगितामा सहभागी हुने नेपाली खेडालीलाई फूलको माला लगाएर बिदाइ गरेका हुन् ।

त्यस अवसरमा सभामुख महराले प्रतियोगितामा सफल हुन पनि नेपाली खेलाडीहरुलाई अगि्रम शुभकामना दिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि एसीसी कप छनोट प्रतियोगितामा विजयी भएर राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन सफल हुने विश्वास व्यक्त गरे । उनले क्रिकेट खेललाई अझैं सुविधा सम्पन्न बनाउन सरकारसँग पहल गरिदिन पनि सभामुख महराको ध्यानाकर्षण गराए ।

टोली मलेसिया प्रस्थान गर्नु अघि अभ्यास खेलका लागि सोमबार अपरान्ह श्रीलंका प्रस्थान गर्दैछ । नेपाली टोलीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, बसन्त रेग्मी रहेका छन् ।

त्यसैगरी सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि प्रतियोगितामा सहभागी हुनेछन । श्रीलंकामा अभ्यास खेलपछि नेपाली टोली सोझै मलेसिया प्रस्थान गर्नेछ ।

मलेसियामा भदौ १२ गतेदेखि एसीसी छनौट कप प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एशिया कप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...