News Portal

साउदी उड्ने तयारी गरेका तनहुँका शिवबहादुरलाई जिन्दगीले यसरी धोका दिएपछी…

हिमाली संचार संवाददाता
७३० पटक

विनोद ढुंगाना/दुलेगौँडा
तनहुँ ०४, २०७६ पौष : विदेश गई धनपैसा कमाएर परिवारलाई सुखसयलमा राख्ने सपना सजाएका थिए। तनहुँको भिमाद नगरपालिका–३ बगुवाका २३ वर्षिय शिवबहादुर थापा साउदी जानलाई भिसा आइसकेको थियो।

साउदी उड्नलाई काठमाडौँ जाने अघिल्लो दिन पनि उनी सदाको जस्तै बिजुलीको काम गर्न निस्किए। दैनिक पाँच सय रुपैयाँ ज्यालादारीमा उनले ठेकेदारमार्फत बिजुलीको काम गर्थे। दुई वर्षदेखि परिवारको गुजारा टार्न बिजुलीको काम गरिरहेका उनको २०७० असार  ६ गते कालो दिन बनिदियो।

बिजुली मर्मत गर्न पोलमा चढेका उनको टाउकोले थ्रिफेज लाइनको तारलाई छुदाँ नसोचेको दुर्घटना भईदियो। केहीबेर उनलाई करेण्टले झुन्डायो। केही बेरपछि नौ मिटरको अग्लो पोलबाट पछारिए।

करेण्टले उनको अनुहार डढेको छ। शरिरको विभिन्न भागको मासु निकालेर उनको डढेको अनुहारमा मासु राखिएको छ। नाक बनाइएको छ। सास फेर्नलाई नाकमा पाइप जोडिएको छ। देब्रे आँखा मासुले ढाकिएको छ भने दाहिने आँखाको ज्योति गुमेको छ।

झरीसकेको भिसा र मेनपावरलाई बुझाएको पासपोर्ट परिवारलाई खुसी राख्ने उनको सपना करेन्टले खरानी बनाईदियो। उक्त दुर्घटनापछि उनले निकै कष्टकर जिवन बिताइरहेका छन्। दुर्घटनामा गम्भीर घाइते बनेका उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगएिको थियो।

‘हप्ता दिनसम्म होस आएको थिएन। सबैले बाँच्नुहुन्छ भन्ने आश मारिसकेका थिए’, श्रीमती संगीता थापा मगरले ६ वर्ष अगाडीका घटनालाई सम्झदै भनिन्।

होस खुलेपछि उनलाई काठमाडौस्थित सुष्मा कोईराला मेमोरियल अस्पतालमा उपचार गरियो। महिनौको उपचारपछि उनी बोल्न र चल्न सक्ने भएको उनले बताईन्।बोल्न सकेपनि मुढो लडेजस्तै हुनुहुन्थ्यो’, उनी भन्छिन्, ‘तीन वर्ष जति भयो लठ्ठी टेकेर हिँडडुल गर्न सक्ने भएको।

चिकित्सकले रकम जुटाउन सके नयाँ आँखा राखेर गुमेको ज्योति फर्काउन मिल्ने बताएका छन्। त्यसैले त शिवलाई उपचार गरेर फेरी संसार हेर्ने आशा पलाएको छ। तर, आर्थिकस्थित कमजोर छ। घर घडेरी केही छैन। श्रीमतीले बिजुली अफिसमा काम गर्छिन्। त्यहाँबाट आउने तलबले घरखर्च र नौ वर्षिय छोरी पुर्णिमालाई पढाउनुपर्छ।

उपचार खर्चिलो छ। ३० लाख रुपैयाँ लाग्ने चिकित्सकलाई उदृत गर्दै शिव बताउँछन्। हालसम्म औषधी उपचारमा १८ लाख रुपैयाँ बढी खर्च भइसकेको छ। सुरुदेखि नै चन्दा संकलनबाट उपचार गरिएको उनले बताए। ‘सहयोग पाए भने मैले देख्न सक्छु’, उनले भने, ‘सबैको सहयोगले नै अहिलेसम्म बाँचेको छु।

आँखाको ज्योति गुमेपनि हिम्मत गुमेको छैन। आँट र साहस छ। आँखा देखेपछि केही गर्न चाहान्छु।’ सहयोग गर्न चाहानेले मुक्तिनाथ बिकास बैंकको खाता नम्बर ००९२०१०००७३२८१०००००१ रकम जम्मा गर्न उनको अनुरोध छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...