News Portal

प्रिमियर लिगमा म्यान्चेष्टर सिटी दुई शुन्यले पराजित !

हिमाली संचार संवाददाता
६५७ पटक

२०७६ असोज २० काठमाडौं : इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेष्टर सिटी आफ्नै घरेलु मैदानमा हुल्भ्ससँग २-० गोल अन्तरले नमिठो हार स्विकार्न बाध्य भएको छ।

अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेता पनि खेलको अन्तिम समयतिर सम्हालिन नसक्दा पाहुँना टोलीलाई २-० को नतिजा सुम्पनु परेको थियो। हुल्भ्सलाई जिताउने क्रममा अडामा ट्राओरेले खेलको ८०औ तथा ९४औ मिनेटमा गोल गरे। यो हार सँगै डिफेन्डिङ्ग च्याम्पियन सिटी जारी लिगमा लिग लिडर लिभरपुल भन्दा ८ अंकले पछाडी परेको छ।

समान ८ खेल खेलेको लिभरपुल २४ अंक सहित लिगमा पहिलो स्थानमा रहँदा सिटी १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ। यस्तै गए राती प्रिमियर लिग अन्तर्गत भएका अन्य खेलहरुमा चेल्साले साउथह्याम्पटनलाई ४-१ ले हराउँदा आर्सनलले बर्नेमाउथलाई १-० गोल अन्तरले हरायो। अर्को खेलमा म्यान्चेष्टर युनाइटेडलाई न्यु क्याष्टलले १-० ले स्तब्ध पार्यो।

प्रतिकृया दिनुहोस्

इरान युद्ध गम्भीर मोडमा: ८०० भन्दा बढीको मृत्यु, हजारौँ घाइते, विश्वभर इन्धन मूल्य वृद्धि हुने

काठमाडौं — मध्यपूर्वमा बढ्दो सैन्य टकरावबीच इरान केन्द्रित युद्धले गम्भीर रूप लिएको छ। पछिल्ला दिनहरूमा...

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौंः साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट...

आज २०८२ साल फागुन १९ गतेको राशिफल

आज फागुन १९, २०८२ ( मार्च ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी क्षेत्रमा युद्धको छायाँ, कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटना

इरान र इजरायलबीचको चर्किंदो सैन्य तनावले खाडी क्षेत्रको सुरक्षा अवस्था थप अस्थिर बन्दै गएको छ।...

कवेतमा उच्च सतर्कता, जनजीवन सामान्य

कुवेत – पछिल्ला दिनहरूमा इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच चर्किएको सैन्य तनावले सम्पूर्ण...