News Portal

  • चौथो प्रधानमन्त्रीकप अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता हुने

    हिमाली संचार संवाददाता
    ४२७ पटक

    ७ असोज २०७६ काठमाडौँ : राष्ट्रिय खेलकुद परिषदले चौथो प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता गर्ने भएको छ।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ राष्ट्रिय खेलकुद परिषदले चौथो प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको हो। प्रतियोगिता असोज ९ गते त्रिभुवन आर्मी क्लबको तालिम केन्द्र लगनखेलमा सुरु हुने छ।

    जस्मा ९ वटा विश्वविद्यालयहरुको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी ९ विश्वविद्यालयले ६ खेलमा सहभागी ६ सय १२ जना छात्र/छात्रा खेलाडीहरुले ७६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

    ११ गतेसम्म आयोजना हुने प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदुरपश्चिमाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र कृषि तथा वनविज्ञान विश्वविद्यालयको सहभागी रहेको आयोजकले जानकारी दिएका छन्।

    देशका विभिन्न स्थानमा रहेका विश्वविद्यालयमा रहेका युवा विद्यार्थीहरूको प्रतिभा पहिचानका लागि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहिचान गर्नका लागि यो प्रतियोगिताको आयोजना गरिएको राष्ट्रिय खेलकुद परिषदले जानकारी गराएको छ।

    साथै खेल क्षेत्रबाट पर्यटन विकासका साथै राष्ट्रिय पहिचान निर्माण गर्नका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण रहेको परिषद्ले जनाएको थियो। प्रतियोगितामा सात वटा खेल समावेश गरिएको छ।

    जसमा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस र दौड रहेका छन्। प्रतियोगिता आयोजना गर्न १ करोड २६ लाख रुपैयाँ खर्च लाग्नेछ।

    जसमा राष्ट्रिय खेलकुद परिषदले ३५ लाख रुपैयाँ उपलब्ध गराउनेछ, भने बाकी पैसा बिज्ञापन बापत ब्यवस्थापन गर्ने राष्ट्रिय विश्वविद्यालय खेलकुद संघका अध्यक्ष अनिलकुमार रिजालले जानकारी गराएका छ। प्रतियोगिताका लागी ६ खेल स्थान तोकिएका छन् ।

    जस्मा आर्मी क्लबको तालिम केन्द्र लगनखेल, भलिबल प्रशिक्षण केन्द्र जावलाखेल ललितपुर, एक्मी इन्जिनियरिङ कलेज सितापाईला, पिनाकल कलेज ललितपुर, राष्ट्रिय टेबल टेनिस तालिम केन्द्र लैनचउर र नेपाल पुलिस क्लब प्रर्दशनी मार्ग काठमाडौँमा खेलहरु हुनेछन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...