News Portal

चौथो प्रधानमन्त्रीकप अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता हुने

हिमाली संचार संवाददाता
४६८ पटक

७ असोज २०७६ काठमाडौँ : राष्ट्रिय खेलकुद परिषदले चौथो प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता गर्ने भएको छ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ राष्ट्रिय खेलकुद परिषदले चौथो प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको हो। प्रतियोगिता असोज ९ गते त्रिभुवन आर्मी क्लबको तालिम केन्द्र लगनखेलमा सुरु हुने छ।

जस्मा ९ वटा विश्वविद्यालयहरुको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी ९ विश्वविद्यालयले ६ खेलमा सहभागी ६ सय १२ जना छात्र/छात्रा खेलाडीहरुले ७६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

११ गतेसम्म आयोजना हुने प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदुरपश्चिमाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र कृषि तथा वनविज्ञान विश्वविद्यालयको सहभागी रहेको आयोजकले जानकारी दिएका छन्।

देशका विभिन्न स्थानमा रहेका विश्वविद्यालयमा रहेका युवा विद्यार्थीहरूको प्रतिभा पहिचानका लागि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहिचान गर्नका लागि यो प्रतियोगिताको आयोजना गरिएको राष्ट्रिय खेलकुद परिषदले जानकारी गराएको छ।

साथै खेल क्षेत्रबाट पर्यटन विकासका साथै राष्ट्रिय पहिचान निर्माण गर्नका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण रहेको परिषद्ले जनाएको थियो। प्रतियोगितामा सात वटा खेल समावेश गरिएको छ।

जसमा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस र दौड रहेका छन्। प्रतियोगिता आयोजना गर्न १ करोड २६ लाख रुपैयाँ खर्च लाग्नेछ।

जसमा राष्ट्रिय खेलकुद परिषदले ३५ लाख रुपैयाँ उपलब्ध गराउनेछ, भने बाकी पैसा बिज्ञापन बापत ब्यवस्थापन गर्ने राष्ट्रिय विश्वविद्यालय खेलकुद संघका अध्यक्ष अनिलकुमार रिजालले जानकारी गराएका छ। प्रतियोगिताका लागी ६ खेल स्थान तोकिएका छन् ।

जस्मा आर्मी क्लबको तालिम केन्द्र लगनखेल, भलिबल प्रशिक्षण केन्द्र जावलाखेल ललितपुर, एक्मी इन्जिनियरिङ कलेज सितापाईला, पिनाकल कलेज ललितपुर, राष्ट्रिय टेबल टेनिस तालिम केन्द्र लैनचउर र नेपाल पुलिस क्लब प्रर्दशनी मार्ग काठमाडौँमा खेलहरु हुनेछन्।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...