News Portal

चितवनमा शुक्रबारदेखि डेङ्गु किट छैन !

हिमाली संचार संवाददाता
८३३ पटक

चितवन, १६ भदाै : भरतपुर महानगरपालिकाले डेङ्गुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ। भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेङ्गुको परीक्षण रोकिएको छ। महानगरप्रमुख रेनु दाहालले डेङ्गु परीक्षणका लागि आवश्यक पर्ने किट सरकारी अस्पतालमा उपलब्ध गराइने बताउनुभयो। भरतपुर अस्पतालले किटको अभाव भएको भन्दै आइतबार भरतपुर महानगरपालिकालाई पत्राचार गरेको थियो।

त्यसलगत्तै महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुलाई पत्राचार गर्दै तत्काल एक हजार र केही दिनमा नै थप चार हजार किट उपलब्ध गराइदिन आग्रह गरेको महानगरको सामाजिक विकास महाशाखाप्रमुख प्रद्युम्न उपाध्यायले जानकारी दिनुभयो।

महानगरप्रमुख दाहालले किटको व्यवस्थापन गरिदिन उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसँग समेत कुराकानी गरिसकेको बताउनुभयो। महानगरप्रमुख दाहालले सम्बन्धित निकायबाट किट उपलब्ध हुन नसकेमा तत्कालका लागि प्रक्रिया पुर्‍याएर महानगरले व्यवस्था गर्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “किटका कारण सरकारी अस्पतालमा डेङ्गु परीक्षण रोकिनु हुँदैन।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले किटको अभावमा परीक्षण रोकिएको बताउनुभयो। आज तीन सय वटा किट टेकुबाट आउने जानकारी दिँदै सो किटले दुई दिनभन्दा बढी नधान्ने बताउनुभयो। किट व्यवस्थापनका लागि महानगरप्रमुख दाहाल, प्रजिअ जितेन्द्र बस्नेतलगायत सबै लागिपरेको हुँदा अबका दिनमा किटको अभाव नहुने विश्वास आफूले लिएको जानकारी दिनुभयो।

डेङ्गु परीक्षण निःशुल्क हुने गर्दछ। अस्पतालसँग किट खरीद गर्ने अधिकार र बजेट नहुने भएकाले किट नआएकै कारण सेवा रोकिएको उहाँको भनाइ थियो। किट भएमा जुनसुकै समयमा अस्पतालले परीक्षण गर्ने तिवारीले बताउनुभयो।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले अस्पतालमा किट नहुँदा बीमाका बिरामीलाई निजी अस्पतालमा सिफारीश गर्न बाध्य भएको जानकारी दिनुभयो। निजीमा धेरै खर्च हुने भएकाले बिरामीले मार खेप्नु परेको छ। पाँच सय हाराहारी पर्ने सो किट निजी अस्पतालमा परीक्षण गर्दा रु दुई हजारसम्म पर्ने गर्दछ।

हालसम्म जिल्लामा ५३७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ। डेङ्गु र स्क्रबटाइफसका कारण तीन जनाको मृत्यु भइसकेको छ। जिल्लाको भरतपुर महानगरको शहरी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढिरहेको छ।

रोगले महामारीको रुप लिन सक्ने भन्दै शनिबार बिहान सचेतनामूलक र्‍यालीको आयोजना गरेको महानगरले रोग परीक्षण सहज बनाउन चाहेको छ। प्रमुख दाहालका अनुसार सबै वडामा सचेतनामूलक कार्यक्रम गर्न निर्देशन दिइएको छ।

दैनिक माइकिङ गर्ने काम महानगरले गरिरहेको छ। अटेर गर्नेहरुलाई कारवाही प्रक्रियासमेत अघि बढाएको जनाएको छ। नारायणगढमा टायरमा पानी भरिँदासमेत अटेर गरेर नफालेका चार जनालाई आज पक्राउ गरी प्रहरीलाई बुझाइएको महानगरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...