News Portal

  • कुवेतमा बक्सिङ्ग प्रतियोगितामा नेपालले भोलि उज्गेस्तानसंग प्रतिस्पर्धा गर्दै

    हिमाली संचार संवाददाता
    ६११ पटक

    कुवेत, ४ अगस्ट : एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघद्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपालबाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४ बजे उज्गेस्तानसंग प्रतिस्पर्धा गर्दै छन।

    नेपालले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो। भोलीको उक्त खेल कुवेत स्पोर्ट्स क्लब कैफानमा हुँदैछ। कुवेत स्पोर्ट्स क्लब कैफान (बस स्टप) नजिकै रहेको छ। गत अगष्ट १ देखि सुरु भएको बक्सिङ्ग आगामी ९ तारिखसम्म हुनेछ।

    युवा उमेर देखि नै बक्सिङ्गमा सहभागिता जनाउने उदेश्यले एएसबीसीले पहिलोपटक स्कुल ब्वाइज च्याम्पियनसिप आयोजना गरेको हो। उक्त च्याम्पियनसिपमा ३० देशका खेलाडीहरुको उपस्थिति रहेको छ।

    कुवेतमा कृयाशिल सघंसस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई भोलि मध्याह्न ३:४५ बजे बाजागाजा सहित नेपाली खेलाडीको हौसला बढाउनको निम्ति खेल मैदानमा उपस्थितिका लागि पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेले आग्रह गरेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...

    सरकारबाट संसद् कमजोर बनाउने प्रयास भइरहेको छ : सभामुख घिमिरे

    काठमाडौं, मंसिर २८ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय संसद्लाई क्रमशः सीमित बनाउने प्रयास...