News Portal

मकै खेतिबाट मनग्य आम्दानी गर्छन माेरङका किसानहरु !

हिमाली संचार संवाददाता
५९२ पटक

रबिन्द्र बराल : माेरङकाे रंगेली नगरपालिका, सुनवर्सि नगरपालीकाकाे दक्षिणी भेगमा बसाेबास गर्ने कृषकहरु अहिले मकै बाली भित्र्‍याउन निकै ब्यस्त हुन थालेका छन। अन्यवालीकाे तुलनामा मकै खेतीबाट राम्रो आमदानी हुन थाले पछि माेरङका कृषकहरु मकै खेती तर्फ आकर्सित हुन थालेका हुन ।

भिरपाखा तथा बलाैटे माटाेमा समेत उत्पादन हुन थालेपछि अहिले मकैकाे समयमा बाँझो खेत समेत हरिया र भरिभराउ देखिन थालेको छ। फाल्गुन महिनामा राेपेर जेठ महिनामा मकै टिपने गरिन्छ । अरु बाली भन्दा मकै खेतीमा धेरै खर्च र मेहनत गर्नुपर्ने भएको मुन्नी देवि सरदारलेे बताईन। दुई बिधा खेती अदियामा लिएर उनले मकै खेती गरेकि हुन । उनले भनिन स्थानीय सरकारले हाम्रो पिर मार्का कहिले बुझेनन् कृषकका लागि नत कुनै अनुदानै छ तन उत्पादन गरेको बस्तुकाे सहि मुल्यांकन गरिन्छ।

जेठ महिनाकाे पहिलो सातामा तीन हजार दुई सय रुपैयाँ क्विन्टलमा खरिद गर्ने गरेका व्यपारीले अहिले कहिले काहिँकाे पानी परेकाे हुनाले व्यपारीहरुले आफू खुशी मकैकाे भाउ कम गरेको बताए । व्यपारीहरुले कृषकहरुलाई मकैमा पानी परेको र राम्रो नभएको भन्दै मकैकाे मुल्य कम गर्ने गरेको कृषकहरु बताउँछन् ।

अहिले वजारमा बिक्री गर्ने समयमा १७ सय रुपैयाँ क्विन्टलमा खरिद गर्ने गरेको उनीहरु बताउँछन् । रंगेलीका कृषक दिपेन्द्र थापाका अनुुुुसार भारतबाट मकैकाे विउविजन खरिद गरेर ल्याएकाे सबै राम्रोसँग उम्रिने घाेघा समेत राम्रो हुने गरेता पनि नेपालमा उत्पादन हुने मकैकाे बीउ भने राम्रो र नभए नउम्रिने, घाेघा समेत सानाे हुने र उत्पादनमा समेत कमि अाउने गरेको आउने गरेको बताए ।

भारतमा चार केजि ५ सय रुपैयाँ भारु देखि २ हजार रुपैयाँ समेतमा खरिद गर्नुपर्ने भएकाे छ । नेपालमा भने साेही मकैकाे बीउ चार केजीकाे १ हजार रुपैयाँ देखि ३ हजार रुपैयाँ पर्ने गरेको कृषकहरु बताउँछन् । एक बिघामा खेतमा बिउ, मलखाद, पानी गाेडमेल र मकै घरसम्म पुर्‍याउन ५० हजार रुपैयाँ बराबरको खर्च हुने गरेकाे कृषकहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...