News Portal

मकै खेतिबाट मनग्य आम्दानी गर्छन माेरङका किसानहरु !

हिमाली संचार संवाददाता
५३० पटक

रबिन्द्र बराल : माेरङकाे रंगेली नगरपालिका, सुनवर्सि नगरपालीकाकाे दक्षिणी भेगमा बसाेबास गर्ने कृषकहरु अहिले मकै बाली भित्र्‍याउन निकै ब्यस्त हुन थालेका छन। अन्यवालीकाे तुलनामा मकै खेतीबाट राम्रो आमदानी हुन थाले पछि माेरङका कृषकहरु मकै खेती तर्फ आकर्सित हुन थालेका हुन ।

भिरपाखा तथा बलाैटे माटाेमा समेत उत्पादन हुन थालेपछि अहिले मकैकाे समयमा बाँझो खेत समेत हरिया र भरिभराउ देखिन थालेको छ। फाल्गुन महिनामा राेपेर जेठ महिनामा मकै टिपने गरिन्छ । अरु बाली भन्दा मकै खेतीमा धेरै खर्च र मेहनत गर्नुपर्ने भएको मुन्नी देवि सरदारलेे बताईन। दुई बिधा खेती अदियामा लिएर उनले मकै खेती गरेकि हुन । उनले भनिन स्थानीय सरकारले हाम्रो पिर मार्का कहिले बुझेनन् कृषकका लागि नत कुनै अनुदानै छ तन उत्पादन गरेको बस्तुकाे सहि मुल्यांकन गरिन्छ।

जेठ महिनाकाे पहिलो सातामा तीन हजार दुई सय रुपैयाँ क्विन्टलमा खरिद गर्ने गरेका व्यपारीले अहिले कहिले काहिँकाे पानी परेकाे हुनाले व्यपारीहरुले आफू खुशी मकैकाे भाउ कम गरेको बताए । व्यपारीहरुले कृषकहरुलाई मकैमा पानी परेको र राम्रो नभएको भन्दै मकैकाे मुल्य कम गर्ने गरेको कृषकहरु बताउँछन् ।

अहिले वजारमा बिक्री गर्ने समयमा १७ सय रुपैयाँ क्विन्टलमा खरिद गर्ने गरेको उनीहरु बताउँछन् । रंगेलीका कृषक दिपेन्द्र थापाका अनुुुुसार भारतबाट मकैकाे विउविजन खरिद गरेर ल्याएकाे सबै राम्रोसँग उम्रिने घाेघा समेत राम्रो हुने गरेता पनि नेपालमा उत्पादन हुने मकैकाे बीउ भने राम्रो र नभए नउम्रिने, घाेघा समेत सानाे हुने र उत्पादनमा समेत कमि अाउने गरेको आउने गरेको बताए ।

भारतमा चार केजि ५ सय रुपैयाँ भारु देखि २ हजार रुपैयाँ समेतमा खरिद गर्नुपर्ने भएकाे छ । नेपालमा भने साेही मकैकाे बीउ चार केजीकाे १ हजार रुपैयाँ देखि ३ हजार रुपैयाँ पर्ने गरेको कृषकहरु बताउँछन् । एक बिघामा खेतमा बिउ, मलखाद, पानी गाेडमेल र मकै घरसम्म पुर्‍याउन ५० हजार रुपैयाँ बराबरको खर्च हुने गरेकाे कृषकहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...