News Portal

प्रथम चिवा कपको उपाधि ब्लु–रेको पोल्टामा

हिमाली संचार संवाददाता
५८८ पटक

जापान : नमस्ते चिवा जापानले आयोजना गरेको प्रथम चिवा कप फुटसलको उपाधि ब्लु–रे एफसीले आफ्नो पोल्टामा पारेको छ । आइतबार जापानस्थित चिबा केन फुनाबासीको क्लब भिभिटमा भएको खेलमा ब्लु–रे एफसीले नर्थन (केटीएम)लाई जितेको हो ।

निक्कै नै रोमान्चकपूर्ण फाइनल खेलमा नर्थन (केटीएम)ले धेरै राम्रा अवसरहरु प्राप्त गरेका थिए । तर, सही तरिकाले सदुपयोग गर्न नसक्दा नर्थनले दोस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो। विजेता टिमले २०२२२२ येन र उपविजेताले १०११११ येन प्राप्त गरेका थिए ।

यस्तैगरी बेस्ट गोेलकिपर, बेस्ट डिफेन्स, हाइस्कोरर, बेस्ट प्लेयरले पनि ५००० येन र नेपाली कथानक चलचित्र पुरानो बुलेटको टिकट पनि प्राप्त गरेका छन् । बेस्ट गोलकिपर र बेस्ट डिफेन्स नर्थनको खेलाडीले प्राप्त गरे भने बेस्ट प्लेयर र हाईस्कोरर ब्लू–रे का खेलाडीले प्राप्त गरे ।

फाइनल खेलको प्रमुख अतिथि एनआरएन चिवाका उपाध्यक्ष विश्वराज सुवेदी, कोउतोकु कुयाकुस्योेका कार्यालय सहायक सिनोजाकी ओसामुको पनि उपस्थिति रहेको थियो । विजेता र उपविजेता टिमलाई अतिथिहरुले शिल्ड मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा जम्मा १२ वटा टिमको सहभागिता रहेको खेलमा दुई चरण लिग खेल भएको थियो भने बाँकी नकाउट खेल भएको आयोजक नमस्ते चिवाको उपाध्यक्ष राजेश मैनालीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...