News Portal

  • क्रिकेटमा वेष्ट इन्डिजले बंगलादेशसँग हार्‍यो

    हिमाली संचार संवाददाता
    ४६६ पटक

    त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा वेष्ट इन्डिज बंगलादेशसँग पराजित भएको छ । सोमबार आयरल्यान्डमा जारी सिरिजको पाँचौं खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो । २४८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४७.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

    बंगलादेशका लागि मुस्फिक्युर रहिमले ६३, सौम्या सरकारले ५४, मोहम्मद मिथुनले ४३ र मोहम्मुदु्ल्लाले अविजित ३० रन बनाए । वेष्ट इन्डिजका लागि अश्लेय नर्सले तीन विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४७ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि शाइ होपले ८७ र कप्तान जासन होल्डरले ६२ रन बनाएका थिए । बलिङतर्फ मुस्ताफिजुर रहमानले ४ र मश्राफे मोर्टजाले तीन विकेट लिए ।

    जित हात पारेसँगै बंगलादेश त्रिकोणात्मक सिरिजको शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेशको ३ खेलबाट १० अंक रहेको छ । यता पराजित वेष्ट इन्डिजको भने चार खेलबाट ९ अंक हुदा पुछारमा रहेको आयरल्याडको तीन खेलबाट दुई अंक मात्रै छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...