News Portal

  • आईसीसी यू–१९ वर्ल्डकप छनोटमा नेपालको मलेसियामाथि जित

    हिमाली संचार संवाददाता
    ४०६ पटक

    वैशाख २, काठमाडौँ : नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई सजिलै ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै पछ्यायो । नेपालले १३ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाउँदै खेल जित्यो ।

    नेपालका लागि रित गौत्तम ३९ रन बनाएर नटआउट रहे भने आरिफ सेखले २६ रन जोडे। पहिले ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा अलआउट हुन अगाडि ९२ रन मात्र बनाउन सक्यो। घरेलु टिमका लागि ड्यानिएल फिग्रीले सर्वाधिक ३७ रन बनाए। अरू ब्याट्सम्यानले खासै गतिलो योगदान दिन सकेनन्।

    नेपाली बलरमध्ये पवन सर्राफ र कुशल मल्लले तीन-तीन विकेट लिए। सर्राफले कसिलो बलिङ गर्दै ८.५ ओभरमा १३ रन मात्र दिए। कुशलको ८ ओभरमा २० रन निस्क्यो। प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। नेपाल पछिल्लो खेलमा भने यूएईसँग पराजित रहेको थियो। वर्षाले प्रभावित खेलमा नेपाल दुर्भाग्यपूर्ण रूपमा डकवर्थ लुइस नियमले पराजित भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...

    सरकारबाट संसद् कमजोर बनाउने प्रयास भइरहेको छ : सभामुख घिमिरे

    काठमाडौं, मंसिर २८ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय संसद्लाई क्रमशः सीमित बनाउने प्रयास...