News Portal

आईसीसी यू–१९ वर्ल्डकप छनोटमा नेपालको मलेसियामाथि जित

हिमाली संचार संवाददाता
४४६ पटक

वैशाख २, काठमाडौँ : नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई सजिलै ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै पछ्यायो । नेपालले १३ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाउँदै खेल जित्यो ।

नेपालका लागि रित गौत्तम ३९ रन बनाएर नटआउट रहे भने आरिफ सेखले २६ रन जोडे। पहिले ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा अलआउट हुन अगाडि ९२ रन मात्र बनाउन सक्यो। घरेलु टिमका लागि ड्यानिएल फिग्रीले सर्वाधिक ३७ रन बनाए। अरू ब्याट्सम्यानले खासै गतिलो योगदान दिन सकेनन्।

नेपाली बलरमध्ये पवन सर्राफ र कुशल मल्लले तीन-तीन विकेट लिए। सर्राफले कसिलो बलिङ गर्दै ८.५ ओभरमा १३ रन मात्र दिए। कुशलको ८ ओभरमा २० रन निस्क्यो। प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। नेपाल पछिल्लो खेलमा भने यूएईसँग पराजित रहेको थियो। वर्षाले प्रभावित खेलमा नेपाल दुर्भाग्यपूर्ण रूपमा डकवर्थ लुइस नियमले पराजित भएको थियो।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...