News Portal

    सहरबाट गाउँ फर्केर कुखुरापालनमा खिमलाल !

    हिमाली संचार संवाददाता
    ४०९ पटक

    प्रकाश बराल
    बागलुङ, २७ चैत : ‘फागुन पहिलो साता खोरमा चल्ला हुलेका थिएँ । चैत दोस्रो साता धमाधम बिक्री भए । आफ्नो लागत उठाएर पनि एक लाख रुपैयाँ बचाएँ ।’ निसीखोला–३ झिवाखोलाका खिमलाल कँडेलले दानापानी, चल्ला किन्दाको खर्च र आफ्नो मिहिनेतको पारिश्रमिक कटाएर कमाएको पैसाले गाउँमै रमाउन सकेको बताएका छन् ।

    वर्षमा उनले ६ पटक कुखराको चल्ला ल्याएर हुर्काएपछि बिक्री गर्छन् । यसरी उनले वार्षिक ६ लाख कमाइ गर्न सकेको बताए । नारायणगढको मण्डीमा बसेर उनले १५ वर्ष काम गरेका थिए । छोराछोरी हुर्काएपछि त्यस्तै काम आफ्नै घरमा गर्ने चाहना राखेर तीन वर्षअघि गाउँ फर्किए ।

    खेतीपाती नगरेकाले बाँझिएको जग्गा उनले आवाद गरे । अहिले बारीमा तरकारी लटरम्म छ । श्रीमती र छोराछोरीले पनि उनको कामलाई सघाएका छन् । उनकै देखासिकी गरेर भाइ जोगलाल कँडेलले पनि व्यावसायिक रूपमै कुखुरापालनमा लागेका छन् । उनले पनि वार्षिक ४ लाख रुपैयाँसम्म कमाइ गर्न सकेको बताए ।

    मध्यपहाडी लोकमार्गमा पर्ने झिवाखोलासहित झिम्पा, निसी, भलकोट र देविस्थानलगायत गाउँ बजार बनेका छन् । ती स्थानमा दर्जनौं रेस्टुरेन्ट र होटल खुलेका छन् । दैनिक बस, जिपलगायतका सवारी चल्न थालेकाले कँडेल दाजुभाइले उत्पादन गर्ने तरकारी र कुखुरा सहजै खपत हुने गरेको छ ।

    ‘हामीले उत्पादन गरेका कुखुरा त निसीका दुई जना व्यापारीले लैजाँदा सकिन्छ,’ खिमलाल कँडेलले भने, ‘अझै लगानी बढाए पनि खासै फरक पर्दैन ।’ मासिक १ हजारभन्दा बढी कुखुरा निसीखोला गाउँपालिकाभित्रको सडक आसपासमै खपत भइरहेको उनले बताए । लामो समय काम गरेको अनुभवले कँडेल दाजुभाइ कच्चा सामान ल्याएर दाना बनाउने गर्छन् । कच्चा सामानबाट दाना बनाउँदा खर्च कम लाग्ने गरेको उनले सुनाए । गाउँ फर्केपछिको कमाइबाटै उनले पुरानो घर भत्काएर नयाँ बनाएका छन् ।

    लोकमार्गको छेवैमा भएकाले कृषि र पशुपालनको फाइदा उनीहरूले लिन सकेको बताए । ‘पहिला बस चढ्न पाल्पा पुग्नुपर्थ्यो, अहिले घरछेउमै गुडेको छ,’ कँडेलले भने, ‘गाउँमा विकास आएकोले सहरमा बस्न छाडेर फर्केका हौं ।’ बालबालिका पढाउन र रोजगारीको खोजीमा चितवन झरेका कँडेलले सडक, शिक्षा र स्वास्थ्य गाउँमा आएकोले फर्केको बताए ।

    सहरमा बसेका अरू धेरै युवालाई पनि फर्कन उनले आग्रह गरेका छन् । कृषि र पशुपालनबाटै विकास र समृद्धि सम्भव छ भनेर उनले सिकाउन थालेका छन् । ‘अर्काको ठाउँमा काम गरेर भन्दा आफ्नै घरमा विकास गर्नुपर्छ,’ उनले भने, ‘विदेश जान खोज्नेलाई पनि कृषिमा लाग्न सुझाव दिन्छन् ।’

    यहाँको निसीखोलाबाट सिंचाइ गर्न सकिने भएकाले बोहोरागाउँ, झिम्पा, निसीलगायतका स्थानमा कृषि उपज सजिलै उत्पादन गर्न सकिने उनले बताए । उनीहरूकै अगुवाइमा केही समयअघि कृषि सहकारी पनि खोलेका छन् । सहकारीमा धेरै जसोले अझै बचत र ऋणकै काम गर्छन् । कँडेललगायतका केही सदस्यले सबैलाई कृषि पेसामा लाग्न सुझाव दिने गरेको प्रबन्धक मीना हमालले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    सर्दुखोला नियन्त्रणको भुक्तानीलाई लिएर धरानमा मेयर-उपमेयरबीच फेरि विवाद, अवस्था तनावपूर्ण

    धरान, असार ३ – धरान उपमहानगरपालिकामा फेरि एकपटक राजनीतिक तानातान चर्किएको छ। सर्दुखोला नियन्त्रण कार्यको...

    एनसीसीको चुनाव बढीमा ६ महिनासम्म सार्न सकिने एनआरएनएको निर्णय (पत्रसहित)

    काठमाडौँ, असार ३ — गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) ले अहिलेको विशिष्ट...

    गौशाला नगरपालिकामा उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रमुखकै आदेशमा गेटमै तालाबन्दी

    महोत्तरी, असार ३ – गौशाला नगरपालिकामा जनप्रतिनिधिहरूबीचको आपसी विवाद सार्वजनिकरूपमा चुलिएको छ। नगरप्रमुख डा. दीपेन्द्र...

    सभामुख र गृहमन्त्रीबीच संसद् गतिरोध अन्त्य गर्न छलफल, सहमति प्रयास जारी

    काठमाडौं, असार ३ – प्रतिनिधिसभाको अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच...

    भक्तपुरमा दुई दिनदेखि बेपत्ता भएका पुरुष मृत अवस्थामा भेटिए

    भक्तपुर, असार ३ – भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित खोरिया गणेशस्थान मन्दिर नजिकैको धान खेतमा एक...