News Portal

लिस्नु कपको उपाधि नवयुवाको पोल्टामा

हिमाली संचार संवाददाता
७७७ पटक

बुटवल – नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देहीले १८ औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लिस्नुकपको १७ औं संस्करणमा नवयुवा उपविजेता बनेको थियो ।

पशुपति माविको मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा साविक विजेता डिवाईसी सियारी-१ लाई २-१ गोल अन्तरले हराउँदै नवयुवाले उपाधि जित्यो । नवयुवाको जितका लागि ६० औं मिनेटमा तिर्थ बस्नेतले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तिर्थले विदेशी खेलाडी स्टेफनको प्रहार रिबाउन्स भएर फर्कंदा जाली चुमाएका थिए ।

यस्तै ६४ औं मिनेटमा रन्जित आलेले एक्लै बल अघि बढाएर टिमका लागि दोस्रो गोल गरेका थिए ।

डिवाईसीका तर्फबाट ७५ औं मिनेटमा राज पौडेलले डिएरियाबाट गोल फर्काएका थिए ।

लिस्नु युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको जितसँगै नवयुवाले तीन लाख रुपैयाँ, उपविजेता डिवाईसीले एक लाख ५० हजार र सेमिफाइनलमा पुगेका दुई टिम पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल र आयोजक लिस्नु युवा क्लबले २५/२५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...