News Portal

दीपेशले तीन र रशिलाले दुई उपाधि जिते !

हिमाली संचार संवाददाता
४९० पटक

काठमाडौं : नेपाल एपीएफ क्लबका दीपेश धामी र त्रिभुवन आर्मीकी रशिला महर्जनले १५औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा क्रमशः तीन र दुई उपाधि जितेका छन्। शुक्रबार महिला एकलतर्फ रशिलाले फाइनल खेलमा एपीएफकी जेसिका गुरुङलाई २१–१४, १३–२१, २१–१८ को तीन सेटमा पराजित गरेकी हुन्।

अघिल्लो दिन रशिलाले यू–१७ को एकल उपाधि जितेकी थिइन्। गत वर्ष नङसलदेवी तामाङसँग पराजित भएकी रशिलाले नङसलको अनुपस्थितमा यसपटक उपाधिमाथि कब्जा गरिन्। नङ्सलले व्यस्तताका कारण प्रतियोगितामा सहभागिता जनाएकी थिइनन्। रशिलाले ५० हजार र जेसिकाले २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

यसैगरी एपीएफका खेलाडी दीपेश धामीले तीन उपाधि हासिल गरे। उनले पुरुष एकलतर्फ सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–१२, १८–२१, २१–१४ ले हराएका हुन्। प्रिन्स यू–१७ का विजेता हुन। दीपेशले ६० हजार र प्रिन्सले ३० हजार नगद पुरस्कार हासिल गरे। दीपेशले यसैगरी डबल्स र मिक्स डबल्सतर्फ पनि उपाधि जितेका थिए। गत संस्करणका विजेता रत्नजित तामाङ भने प्रशिक्षणका क्रममा जापानमा छन्।

यस्तै पुरुष डबल्सतर्फ गत संस्करणका उपविजेता एपीएफका दीपेश धामी र विजित थापामगरले आर्मीका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–४ ले हराएको थियो। महिला डबल्सतर्फ एपीएफकी पूजा श्रेष्ठले जेशिकासँग मिलेर रशिला र अनुमाया राईको जोडीलाई २१–१०, २१–१९ को सोझो सेटमा पराजित गरे। गत वर्ष जित हात पार्दा पूजाको जोडीमा शिक्षा श्रेष्ठ थिइन्।

भलिबलमा एपीएफ विजयी !

हल्चोकस्थित सशस्त्र कोर्टमा भएको सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक नेपाल एपीएफ क्लबले जितेको छ। फाइनल खेलमा एपीएफले चिरपरिचित प्रतिद्वन्द्वी न्यु डायमन्ड एकेडेमीलाई २५–१२, २५–११, २५–११ को सीधा सेटमा हराएको थियो। तेस्रो स्थानमा नेपाल पुलिस क्लब रर्‍यो। टोलीले त्रिभुवन आर्मीलाई २५–१८, १७–२५, १३–२५, २५–२३, २५–१३ ले पराजित गरेको थियो। शीर्ष तीन टोलीले क्रमशः २ लाख ५० हजार, १ लाख २५ हजार र ५० हजार नगद पुरस्कार हासिल गरे।

सो प्रतियोगितामा एपीएफकै खेलाडीले विभिन्न विधामा उत्कृष्ट हुँदै वर्चश्व बनाए। नेविका चौधरी स्पाइकर, मनिषा तामाङ डिफेन्स, सरस्वती चौधरी ब्लकर, विनिता बुढाथोकी सेटर, पूजा चौधरी उदीयमान खेलाडी र ज्ञानेन्द्र विष्ट प्रशिक्षकमा उत्कृष्ट भए। त्यस्तै न्यु डायन्डकी प्रतिभा माली उत्कृष्ट सर्भर घोषित भइन्। उनीहरूले जनही ५/५ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका थिए।

टेनिसमा इभानोई र प्रेरणा विजेता !

एपीएफका इभानोई लिसानोभिच र सुनसरीकी प्रेरणा कोइरालाले ११औं सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताको उपाधि हात पारेका छन्। इभानोईले पुरुष एकल फाइनलमा डेनमार्कका निकोलाई रास्त्रुपलाई ७–६, ६–२ ले हराए। त्यस्तै महिला एकलतर्फ प्रेरणाले पोखराकी गंगा शर्मालाई ६–३, ६–३ ले पाखा लगाएकी हुन्। दुवै विधामा पहिलो र दोस्रो हुनेले क्रमशः ६० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरे।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...